arrow

प्रदेश ५ को नीति तथा कार्यक्रम : सन्तोषजनक तर,कार्यान्वयनमा आशंका

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ २६ शनिबार
niti.jpg

बुटवल । प्रदेश ५ सरकारले ल्याएको नीति कार्यक्रम सन्तोषजनक भएपनि  कार्यान्वयनमा शंका रहेको सरोकारवालाले बताएका छन् ।नीति कार्यक्रममा धेरै कुराहरु समेटिएको बताउँदै कार्यान्वयन पक्ष तर्फ भने सरकार गम्भिर नदेखिएको उनीहरुको ठहर छ ।

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले गोलमोल रुपमा नीति बनेको आरोप लगाए । कार्यक्रममा बोल्दै नेकपाका (माओबादी केन्द्र) प्रमुख सचेतक दधिराम न्यौपाने (माधव)ले सरकारको कार्यक्रम स्वभाबिक भएको बताउँदै केहि कुरा छुटेको बताएका छन् ।

उनले अत्यन्तै महत्वका साथ नीति कार्यक्रम आएको र छुटेका कुराहरु क्रमश ब्यबस्थित र समेटिदै जाने बताए । सरकारको यो नीति पहिलो भएको बताउँदै छुटेका कुराहरुलाई पनि सकारात्मक ढंगले बझ्न आग्रह गरे । प्रदेशको राजधानीको टुंगो बहुमतको आधारमा नहुने बताउँदे दुइ तिहाइले मात्रै पारित हुने र यसमा कसैको पनि ह्वीप नलाग्ने बताए।

नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमालले सरकारको नीति तथा कार्यक्रममा राजधानीको कुरा  र  नामाकरण उल्लेख नहुनु लाजमर्दो भएको बताएका छन् । नीति कार्यक्रम हेर्दा राम्रो तर भित्र तथा बिस्तृतमा केही नभएको बताए । प्रदेशमा केही कृषिका कुरा पनि समेटिएपनि त्यसको बैज्ञानीक कारण नखुलेको बताए । जग्गा चक्लाबन्दी नबनाएसम्म कृषिमा बैज्ञानीक बाली नहुने भन्दै सरकारको यसमा ध्यान नदिएको बताए ।

सघीय समाजबादी फोरमका नेता तथा प्रदेश सांसद सहश्रराम यादवले सरकारले ल्याएको नीति समृद्ध प्रदेश ,खुसी जनता भनेपनि नीति र सरकारको कामगर्ने शैलीले जनता खुसि नभएको आरोप लगाए । उनले प्रदेश बलियो नबनेको बताउँदै प्रदेश बलियो नबन्दा सम्म संघियता टिक्न नसक्ने ठोकुवा गरे। नीति कार्यक्रमको कार्यान्वयनमा आशंका रहेको उल्लेख गरे ।

उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठले सरकारले ल्याएको एक गाउ एक उत्पादन, एक गांउ एक पोखरी,शीत भण्डार उपयुक्त भएपनि उद्योगको कुराहरु समेट्न नसकेको बताए । उनले उत्पादन इकाइ बनाएर काम गनुपर्ने बताउँदै मोतिपुर औद्योगिक क्षेत्रको डिपिआर र शिद्धबाबाको डांडो काट्ने काम कार्यान्यनको बारेमा सोच्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी बाणिज्य क्याम्पस प्रमुख प्राडा ईश्वर गौतमले सरकारले ल्याएको नीति कार्यक्रम  सान्दर्भिक ,सन्तुलित बिकासको लागि राम्रो भएको बताउँदै कार्यान्वयन पक्ष हेर्न बांकी रहेको बताएका छन् । उनले प्रदेश सरकारले उच्च शिक्षालाई महत्व नदिएर  प्राथमिक शिक्षामा मात्रै जोड दिनु बिडम्बना भएको बताए ।

रिपोर्टर्स क्वल नेपाल ५ नम्बर प्रदेशका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कपिल ज्ञवालीले गरेका थिए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ