arrow

सुर्खेत कांग्रेसमा संस्थापन पक्षको एकलौटी जीत

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
flag-of-nepali-congress.jpg.jpeg
सुर्खेत । सुर्खेतमा कांग्रेस जिल्ला कार्यसमतिका लागि भएको निर्वाचनमा संस्थापन पक्षले एकलौटी जीत हासिल गरेको छ । सभापतिमा कमलराज रेग्मी सहित संस्थापन पक्षले कार्यसमितिमा एकलौटी जित हासिल गरको हो । रेग्मीले ३ सय ३१ मत ल्याए । सभापतिका अर्का उम्मेद्वार यज्ञबहादुर विसीले ३ सय २८ मत ल्याए पनि तीन मतले पराजित भए । 
 
यस्तै, सतिवमा संस्थापन पक्षकै टोपबहादुर रावत तीन सय ३० मत ल्याएर विजयी भए । उनका प्रत्यासी नारायणप्रसाद सापकोटा तीन सय २३ मतमै खुम्चिए । कोषाध्यक्षमा अनन्त पौडेल तीन सय २५ मत ल्याउँदै विजयी भए । यस्तै, झकबहादुर डांगी तीन सय २१ मत ल्याएर पराजित भए । अन्य पदाधिकारी तथा सदस्य चयन यस अघिनै भइसकेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ