arrow

राष्ट्रिय सरकारको उर्दी

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
maobadi-p.s-dahal.jpg.jpeg
विराटनगर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले देश नाकाबन्दीको मार र भूकम्पको मारले छ्पटाईरहेका बेला सबै राजनैतिक दल एक भएर जानु पर्ने भन्दै राष्ट्रिय सरकारको खाँचो औल्याएका छन् । दाहालले छिमेकीले नेपालमा नाकाबन्दी गर्नुपर्ने कुनै कारण नभएकाले नाकाबन्दी खुल्नु राम्रो भएको बताए । 
 
बिराटनगर विमानस्थल संचारकर्मीहरुसँग दाहालले देशको असहज परिस्थितिको समाधानका लागि र राष्ट्रिय हितको पक्षमा छलफल गर्न वुधबार सबै पार्टीबीच कुराकानी गर्न प्रधानमन्त्रीसँग छलफल भएको सुनाए । पार्टी कर्ताकर्ता प्रशिक्षणका लागि धनकुटा जाने क्रममा दाहालले उच्चस्तरिय राजनैतिक समन्वय समितिको केही दिन अघि बसेको बैठकमा मधेस समस्याको समाधानका लागि राजनैतिक संयन्त्र बनाउने छलफल भएको दाहालको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ