arrow

शैक्षिक गुणस्तर सुधार्न विश्वकै तेज दिमाग भएका शर्मा गौमुलमा

logo
रमित बि.क.,
प्रकाशित २०७५ जेठ २६ शनिबार
arpan.jpg

बाजुरा ।  बाजुराको गौमुल गाउँपालिकाले समग्र गाउँपालिकाका शैक्षिक गुणस्तर सुधार्नका लागि शैक्षिक सेमिनार कार्यक्रम सञ्चालन गरेको छ । विश्वकै तेज दिमाग भएका अर्पण शर्माबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । सिंगो गाउँपालिकाका शैक्षिक गुणस्तर चेतना अभिबृद्धिका लागि गाउँपालिका भित्र रहेका बिद्यालय शिक्षक,बिद्यार्थी र अभिभावकको स्मरण शक्ति बढाउने उपायका साथ प्रशिक्षण तथा कोचिङ्ग कक्षा सञ्चालन गरेको छ ।

बिद्यालयमा पढ्ने र पढाउने सरल उपाय सहित उनीहरुको स्मरण शक्ति तेजिलो बनाउनका लागि प्रशिक्षण तथा कोचिङ्ग कक्षाको आयोजना गरेको अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । प्रशिक्षण सेमिनार कोचिङ्ग कक्षा विहिवारबाट सञ्चालन भई आज सम्पन्न गरिएको हो । बिद्यार्थी,शिक्षक,स्थानिय र जनप्रतिनिधिहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष सिता थापा(रोकायाले) बताइन् ।

 शिक्षण तथा कोचिङ्ग कक्षाले आफुहरुलाई अध्ययन अध्यापन गराउन सहज हुने घटाल निमावि बसालाका प्रधानाध्यापक हर्क बहादुर थापाले बताए  । शर्मा विश्वकै सबैभन्दा तेज स्मरण शक्ति भएका गिनिज बुक अफ दी वल्र्डमा नाम लेखाउने एक नेपाली सफल व्यक्ति समेत हुन् ।
दोहोरो र तेहोरो दिमाख प्रयोग गरी स्मरण शक्ति बढाउने र सिक्ने कलाको विकास गर्ने उपायबारे उनले प्रशिक्षण तथा कोचिङ्ग गरिरहेका छन् । शर्मा गित गाउँदै केहीँ कुराहरु सिक्ने र पछि तिनै कुराहरु भन्ने गर्ने गर्छन् । विश्वकै तेज दिमाख भएका शर्मालाई विकट गाउँपालिका गौमुल सम्म पुर्याएर शर्माबाट धेरै ज्ञान सिप सिकेको गौमुल गाउँपालिका वडा नं. ६ वडा सदस्य प्रेम बि.क.ले बताए ।

 शर्माबाट आफुहरुले धेरै ज्ञान तथा सिकाई उपलब्धि भएको उनको भनाई रहेको छ । काठमाण्डौँबाट विकट गौमुलमा शर्मालाई पुर्याएर महत्वपूर्ण ज्ञापसिप र कला सिक्न पाउँदा धेरै खुसी भएको स्थानियको भनाई रहेको छ । गौमुल गाउँपालिका सम्म पुर्याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै स्थानिय जनताहरुले अध्यक्ष हरि बहादुर रोकायालाई धन्यवाद व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ