arrow

साझा प्रकाशन बचाउन स्रष्टाको आग्रह

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
sarsta-bhet.jpg.jpeg
काठमाडौं । स्रष्टाहरुले सरकारलाई साझा प्रकाशन बचाउन आग्रह गरेका छन् । एकिकृत माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रकवि माधव घिमिरे, वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, कवि बैरागी काँइला लगायतका स्रष्टाहरुले त्यसो भनेका हुन् । 
 
दाहालले स्रष्टाहरुको आग्रहले आफ्नो ध्यानाकर्षण भएको बताए । अध्यक्ष दाहालले एकाधिकारवादी व्यवस्थामा खडा भएका संरचना लोकतन्त्रमा झन् नष्ट भएको धारणा राखे । दाहालले भने, ‘स्रष्टाहरुको आगमनले मलाई दबाब महसुस भएको छ, यो मेरालागि अवसर र चुनौति दुबै हो, हामीले साझालाई जोगाउनु पर्छ ।’
 
कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले साझाले भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र अहिले गम्भीर समस्यामा रहेको सुनाए । वैद्यले यो समस्या सरकारले समाधान गर्नुपर्नेमा जोड दिए । भेटमा राष्ट्रकवि माधव घिमिरेले साझा बचाउन पहल गरिदिन आग्रह गरे । 
 
कवि बैरागी काँइलाले माओवादी परिवर्तनकारी शक्ति भएकाले साझा जस्तो संस्था जोगाउनु पहल हुन्छ भन्ने विश्वास गरे । काँइलाले साझा बाँचे लेखक, भाषा र साहित्य पनि बाँच्ने बताए । साहित्यकार मोदनाथ प्रश्रितले वुद्ध जस्ता विद्वान जन्माउने देशमा साझा ढले साहित्यको विकास हुन नसक्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ