arrow

प्रकाशमानले मेयर बनाउने आश्वासन दिएपछि राजुराज जोशी थन्किए

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
prakashman-singh.jpg.jpeg
काठमाडौं। काठमाडौं काँग्रेसको अधिवेशनमा संस्थापन पक्षभित्रै आफ्ना निकट दुई जना सभापतिका उम्मेदवार देखिएपछि तिनलाई मिलाउन पार्टी महामन्त्री प्रकाशमानसिंह मेयरको पद बाँडेका छन्। सिंह निकटका रहेका सबुज वानियाँलाई अध्यक्ष बनाउन महामन्त्री सिंहले अर्का काँग्रेसका नेता राजुराज जोशीलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने आश्वासन दिएर उनलाई उमेद्वारी नदिन सहमत गराएका छन्।  
 
संस्थापन पक्ष काठमाडौंमा बलियो मानिन्छ। तर संस्थापन पक्षभित्रको गुटगत अन्तरविरोध बढेपछि सिंह सबुजलाई कुनै पनि हालतमा सभापति बनाइछाड्ने अभियानमा लागेका सिंहले जोशीलाई बसाउन मेयरको पद वाँडेको बताइएको छ। महामन्त्री प्रकाशमान सिंहले काठमाडौंमा आफु अनुकुलको सभापति बनाउन संस्थापन पक्षकै सभापतिका उमेद्वारलाई हराएर देउवा पक्षका उमेद्वारलाई जिताउन सहयोग गरेको आरोप लागेको छ। तर आफूले जिताउन सहयोग गरेकै सभापतिबाट असहयोग पाएपछि सिंहले अर्का उमेद्वार जोशीलाई मेयर पद बाँडेरै भएपनि वानियाँलाई सहज बनाउन प्रयास गरेको टिप्पणी काँग्रेस कार्यकर्ताहरुले गरेका छन्। जोशी काठमाडौं ८ का सांसद नविन्द्रराज जोशीका दाजु हुन्।
 
काठमाडौं काँग्रेसको सभापतिमा संस्थापन पक्षबाट प्राध्यापक संघका पूर्वअध्यक्ष भीमसेनदास प्रधान उमेद्वार भएका छन्। उनका विरुद्ध उमेद्वार भएका सबुज भने २०४८ पछि काग्रेसको राजनीतिमा लागेका जग्गा कारोबारी हुन। देउवा पक्षका उम्मेदवार नरोत्तम वैद्य भने पशुपति विकास कोषका कोषाध्यक्ष हुन। 
 
संस्थापन पक्षकै सभापतिका उम्मेदवार भीमसेनदास २०३६ सालदेखि कांग्रेसमा लागेको र मुटुको एन्जियोप्लाष्टी गर्दा पनि कार्यकर्ताका सुखदुखमा मोटरसाइकल लिएर दौडने गरेकाले उनको विकल्पमा नवकांग्रेस र जग्गा कारोबारी सबुजलाई खडा गर्ने काम महामन्त्री प्रकाशमानले गरेको आरोप छ। भीमसेनदास प्रधानलाई गगन थापा र नरहरि आचार्यको समर्थन रहेको छ। काठमाडौं कांग्रेसका पुराना नेता लोकेश ढकालहरुको समर्थन पनि प्रधानतिरै भएकाले उनी बलिया देखिएका छन्। उनी प्राध्यापक पेशाबाट राजनीतिमा आएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ