arrow

सागमा नेपालको पदक बढ्दै, गौरिकालाई अर्को कास्य

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
gaurika.jpg.jpeg
काठमाडौं । नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थपेकी छन् । १२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् । गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक जितेकी हुन् । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेत कास्य पदक प्राप्त गरेकी थिइ्न् । भारतले १ मिनट ०३.७८ सेकेन्डमा साथ स्वर्ण र दोश्रो स्थानमा रहेको श्रीलङकाले उक्त दुरी १ मिनट ०६.०० सेकेन्डमा पुरा गरेको थियो । लन्डनमा अध्यनको क्रममा रहेकी गौरीकाले साग तयारीको क्रममा त्यँही रहेर विदेशी प्रशिक्षकसंग प्रशिक्षण लिंदैं आएकी थिइन् । गौरीकाको पदकबाट हौसिएका पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले पौडीबाट थप दुई पदक प्राप्त गर्ने विश्वास गरे ।
 
आर्चरी : नेपाल बंगलादेशसंग पराजित
 
आर्चरीको कम्पाउन्ड पुरुष टिम इभेन्टमा तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पराजित भयो । नेपाल बंगलादेशसंग २०८–१९७ ले पराजित भयो ।
 
नेपालबाट किशोरकुमार गुरुङ (केके), लक्ष्मण पुन र विवेकसेन गुरुङले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सोमबार पुरुष रिकर्भको व्यक्तिगत स्पर्धामा तेश्रो स्थानका लागि प्रेमप्रसाद पुनले श्रीलंकाका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।
 
ब्याडमिन्टन : महिला टिमलाई कांस्य
ब्याडमिन्टनको महिला टिम इभेन्टमा नेपालले कांस्य जितेको छ । ३ सिंगल्स र २ डबल्स समावेश टिम इभेन्टमा नेपालले अफ्गानिस्तानलाई ३–० ले हराएर सेमिफाइनल यात्रा तय गर्दै कांस्य सुरक्षित गरेको हो । सेमिफाइनलमा नेपाल श्रीलंकासंग ३–० ले नै चुक्यो ।
 
टेबलटेनिस :  नवीता र एलिना सेमिफाइनलमा
टेबलटेनिसको महिला डबल्समा नेपाली जोडी नविता श्रेष्ठ र एलिना महर्जन सेमिफाइनलमा पुगेका छन् । सो जोडीले पाकिस्तानी जोडीलाई ३–१ ले पराजित गरेको हो । सेमिफाइनल पुगेसंगै नविता र एलिनाको जोडीले कम्तीमा कांस्य पक्का गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ