arrow

बैठक भत्ता बालबालिकको शैक्षिक विकासका लागि

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ २७ आइतबार
Balbalika_(1).jpg

बागलुङ । स्थानीय निर्वाचन भएको पनि एक वर्ष पार गरिसकेको छ । स्थानीय तहमा वडा अध्यक्ष देखी वडा सदस्य र कार्यपालिका सदस्यहरुको बैठक भत्ता पनि तोकिएको छ । कतिपय स्थानमा बैठक भत्ता कम भयो भनेर जनप्रतिनिधिहरु गुनासो पनि गरेको देखिन्छ । तर यहाँका एक युवा जनप्रतिनिधि बैठकको भत्ता बालबालिकाको शैक्षिक विकासका लागी खर्चिएका छन ।

बागलुङको जैमिनी नगरपालिका ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले नगरपालिकाबाट पाउने बैठक भत्ता विपन्न बालबालिकाको शैक्षिक विकासका लागी सहयोग गरेका छन । स्थानीय बाल साक्षरता प्राविका विद्यार्थीलाई एक वर्षको लागी पुग्ने शैक्षिक सामाग्री सहयोग गरेका छन ।

नगरपालिका वाट एक वर्षसम्म उनको नाममा आएको भत्तामा केही रकम थप गरी विद्यालयमा अध्ययन गर्ने १८ जना वालवालिका लाई वर्ष दिनलाई पुग्ने शैक्षिक सामाग्री तथा झोला वितरण गरेका छन । ८० प्रतिशत दलित तथा विपन्न समुदायका वालवालिकाले अध्ययन गर्ने सो विद्यालयमा १८ जना वालवालिका अध्ययनरत छन् । विपन्न बालबालिकाहरु शैक्षिक विकासमा केही टेवा पुगोस भन्ने उद्देश्यले शैक्षिक सामाग्री सहयोग गरेका रसाईलीले बताए । ‘मेरो ५ वर्षको कार्यकालमा आएको भत्ता यस्तै क्षेत्रमा लगानी गर्नेछु ।’

उनले भने, सानो सहयोगले कसैको भविष्य राम्रो हुन्छ भने सहयोग गर्नका लागिपछि पर्नु हुँदैन । रसाईलीले हरेक वर्ग र समुदायमा शिक्षा स्वास्थ्य लगायत अन्य समस्या धेरै भएका कारण स्थानीय सरकारले पनि यस प्रति चासो राख्नुपर्ने बताए ।  वैठक भत्ता वापत एक वर्षमा पाएको १६ हजार २ सय २५ मा २१ हजार ७ सय ८५ रुपैया थप गरी ३८ हजार १० रुपैयाको शैक्षिक सामाग्रि बालबालिकालाई सहयोग गरेको रसाईलीले बताए ।

गरिविका कारण अभिभावकले आफ्ना वालवालिकाको लागी शैक्षिक सामाग्रि खरिद गर्न नसकेर विद्यालय नपठाउने गरेकोले प्रध्यायनध्यापक खगराज पौडेलको भनाई छ ।  विपन्न विद्यार्थीलाई लक्षित गरी स्थानीय तहबाट पनि कुनै कार्यक्रम नभएका कारण बालबालिकालाई विद्यालयमा आर्कषण गर्न नसकिएको पौडेलको गुनासो रहेको छ । बालबालिकाले शैक्षिक सामाग्री पाए पछि विद्यालयमा नियमिति आउनेमा उनी विश्वस्त रहेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ