arrow

ज्वाइलाई सीइओ बनाउन उद्योग मन्त्री पाण्डेको दवाद

अख्तियारको छानविनको दायरामा रहेकाको सिइओ बन्ने दाउ

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
somprasad.jpg.jpeg
काठमाडौं। अर्थ मन्त्रालयले राष्ट्रिय बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्तीको प्रक्रिया अघि वढाएसँगै त्यहाँ नियुक्ति पाउनका लागि चलखेल शुरु भएको छ। अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटाको संयोजकत्वमा बनेको सिफारिस समितिले बाणिज्य बैंकमा सिइओ नियुक्तिका लागि ५ जनाको नाम समेत सिफारिस गरेको स्रोतले वताएको छ। समितिले भेष वहादुर पन्थी, अनिल उपाध्याय, कृष्णा शर्मा, किरण श्रेष्ठ र कृष्ण आचार्यको नाम सिफारिस गरेको स्रोतको दावी छ। आचार्य कर्मचारी संचयकोषका सिइओ हुन्। वर्तमान सरकारका उद्योगमन्त्री सोम पाण्डेका ज्वाइ समेत रहेका आचार्यलाई सम्पती सुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविनको दायरमा राखेको छ। उद्योग मन्त्री पाण्डेले आफना ज्वाइलाई सिइओ बनाउन अर्थ मन्त्री विष्णु पौडेललाइ समेत दवाव दिइरहेका छन्। तर ,पौडेल अख्तियारको छानविनको दायरामा तानिएका व्यक्ति आचार्यलाई सीइओ बनाउने पक्षमा नरहेको स्रोतले वताएको छ। 
 
“छानविनको दायरमा रहेका व्यक्तिलाई बाणिज्य बैंकको सिइओ बनाउन चलखेल हुनु लज्जास्पद हो, अर्थ मन्त्रालयका एक सहसचिवले भने,“संचय कोषलाइ नै राम्रो बनाए हुँदैन र उहाँले। पहुँचको भरमा नियुक्त गरे त हो , तर क्षमताका आधारमा हो भने आचार्यजीलाई बाणिज्यको सीइओ बनाउनु हुँदैन।” 
 
अकुत सम्पत्ति कमाएको भन्दै अघिल्लो हप्ता अख्तियार अनुसन्धान आयोगले ६३ जना मध्येमा उनको बैंक सम्पत्ति रोक्का राखेको छ। त्यसैले छानविनको दायरामा रहेका व्यक्तिलाई कुनै पनि बेला कार्यवाहीमा पर्न सक्ने भएकाले उनलाई बाणिज्य बैंकको सिइओ बनाउन नहुने भन्दै अर्थमन्त्रालय भित्रै लबिङ हुने थालेको छ। उद्योग मन्त्री पाण्डेको ज्वाइ भन्दा वाहेको क्षमता उनीसँग नभएको पनि अर्थमा चर्चा हुन थालेको छ। 
 
अर्का उमेद्धार किरण श्रेष्ठ भाटभटेनिका संचालक मिन वहादुर गुरुङका व्यापारिक साझेदारी हुन। आचार्य कर्मचारी संचयकोषमा चिफ मैनेजरमा कार्य गरि आन्तरिक लेखा परिक्षण विभागमा करिब ४ बर्ष मात्र अनुभव प्राप्त गरेको र उनि त्यहाँबाट बेतलबी बिदामा चौधरी ग्रुपको युनाईटेड ईन्सुरेन्समा गएको र त्यहाँ समेत कुशलतापुर्वक कार्य गर्न नसकि पुन संचयकोषमा नै फर्किएका थिए। 
 
हाम्रो र मेरो बनाउने होडमा राष्ट्रिय बाणिज्य बैंक पुनः दुर्घटनामा नपरोस भन्नेमा सरोकारवालाहरुले पनि चासो राख्न थालेका छन्। नेपाल सरकार र बिश्व बैंकको सहयोगामा भर्खरै जिवन्त पाएको यो पूर्ण सरकारी बैंकमा जागिर खुवाउने र गर्भनरको प्रयोग योजनाले संस्था नै धारासायी नहोस भन्ने कर्मचारीहरुले चाहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ