arrow

प्रदेश ४ मा प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेशसभा अवरोध

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
pradesh-4_(2).jpg

पोखरा । प्रदेश नं ४ को आइतवार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ ।  बैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले सभा अवरोध गरेको हो ।

कांग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेरमात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । विसं २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।

कांग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजीसमेत गरेको छ । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित गरिएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ४.५५ बजे मात्रै बैठक शुरु भएको थियो ।

बैठकको प्रारम्भमा नै कांग्रेसका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न दिए । नेता नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने धारणा राखे। उनले बजेटलाई भने नरोक्ने बताउँदै उनले बजेटका लागि सहयोग गर्न तयार भएको धारणा राखे।

त्यसपश्चात् सभामुखले संसद्को कारबाही बढाउन लागे पनि रोष्टम अघि गएका कांग्रेसका सदस्यहरुले नारा लगाएपछि पुनःआधा घण्टाका लागि बैठक स्थगित भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ