arrow

प्रदेश ७को सरकार सेलाएपछि काँग्रेसलाई लाग्यो तातो, राजधानीको नाम र ठाउँ तोक्न प्रस्ताव दर्ता  

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ जेठ २७ आइतबार
pradesh7-name-capital-congress-prastab-darta.jpg

धनगढी । प्रदेश नम्बर ७ मा प्रदेश सरकार गठन भएको चार महिना बितिसक्दा पनि प्रदेशको स्थायी राजधानी र नामाकरणको छलफल समेत शुरु नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका साँसदहरुले  संसद सचिवालयमा आईतबार प्रस्ताव दर्ता गराएका छन । 

प्रदेश नम्बर ७ मा काँग्रेसका सांसदहरुले नेपालको संबिधानको धारा २ सय ८८ को उपधारा २ बम्मोजिम राजधानी र नामाकरण गर्नका लागि आइतबार संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । 

प्रदेशको राजधानी र नामाकरण ‘ऐतिहासिक, दीर्घकालिन महत्व, सन्तुलित बिकास, भौगोलीक र सामाजिक दृष्टिकोणका साथै औचित्यको आधारमा तोकियोस् भनि यो प्रस्ताव पेश गरिएको छ’ उक्त प्रस्तावमा भनिएको छ ।

नेपाली काँग्रेस प्रदेश नम्बर ७ का साँसद भरतकुमार खड्का प्रस्तावक तथा कर्ण मल्ल र डिल्लीराज पन्त समर्थक रहेको उक्त प्रस्ताव संसद सचिव बालाराम शर्मालाई हस्तान्ण गरिएको कांग्रेस सांसद अम्बि थापाले जानकारी दिईन् । 

प्रस्ताव दर्ता भएपछि अब छलफलका लागि संसदमा प्रस्तुत हुनेछ । संविधानतः प्रदेश सभाको दुई तिहाई
बहुमतले प्रदेशको नाम र राजधानी तोक्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ