arrow

धादिङ काँग्रेस सभापति धमला सहित ८० प्रतिसत भन्दा बढी संस्थापन पक्षमा

logo
मुरारी अधिकारी।
प्रकाशित २०७२ माघ २५ सोमबार
dhamala.jpg.jpeg
धादिङ। नेपाली काँग्रेस धादिङको सभापतिमा रमेश धमला विजयी भएका छन्। धमला २९० मत ल्याइ निर्वाचित भए। उनका प्रतिद्वन्दी भीमप्रसाद ढुंगानाले २६४ मत ल्याए। 
 
सोमबार जिल्ला सदरमुकाम धादिङबेसीमा सम्पन्न १३ औँ जिल्ला अधिवेशनबाट सचिवमा हरिराम बुर्लाकोटी र कोषाध्यक्षमा बाबुकृष्ण सापकोटा निर्वाचित भए। त्यसै गरी सोमबार नै भएको तीनै क्षेत्रको महासमिति सदस्यको निर्वाचनमा क्षेत्र नं १ बाट दिलमान पाख्रिन, बासु तिमल्सेना, तिलक रुवाली, भक्त बहादुर लामा र दुर्गा दाहाल निर्वाचित भए। त्यसै गरी क्षेत्र नं २ बाट रामनाथ अधिकारी, रमेश धमला, झंकनारायण श्रेष्ठ, यमनाथ दनै र कल्पना अधिकारी निर्वाचित भए भने क्षेत्र नं ३ बाट हरि अधिकारी, मधु श्रेष्ठ, विश्वप्रकाश अर्याल, माधव पाण्डे निर्वाचित भए। 
 
सभापति पदमा निर्वाचित धमला संस्थापन पक्षका उमेद्वार हुन। धमलालाई निवर्तमान पार्टी सभापति रामनाथ अधिकारीको सहयोग रहेको थियो। जिल्लाको तीनै क्षेत्रको नतिजाले जिल्लामा ८० प्रतिसत भन्दा बढी संस्थापन पक्षले जितेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ