arrow

जनसम्पर्क पोर्चुगलको अधिवेशन २२ जुलाईमा

logo
भरत प्रधान
प्रकाशित २०७५ जेठ २८ सोमबार
congresss_photo.jpg

लिस्बन । नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिबेशन आगामी २२ जुलाईमा हुने भएको छ । समितिको बैठकको निर्णय अनुसार पांचौ अधिबेशनको मिति तय भएको समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए । 

अधिबेशन राजधानी लिस्बनको आन्जोसस्थित जिनासियो हलमा हुने भएको हो । अधिबेशनको मिति तय भएसंगै मूल आयोजक समिति र आवश्यक उपसमितिहरु गठन गरेर तयारीमा लागिएको उनले बताए ।

बिधानतःगतबर्ष नै हुनुपर्ने अधिबेशन बिबिध कारणले हुन सकेको थिएन । अधिबेशनलाई लक्षित गरि समितिले यतिबेला सदस्यता नबिकरण र नयाँ सदस्यता बितरणलाई तिब्रता दिएको छ । अधिबेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि सभापति लक्ष्मीप्रसाद सापकोटाको संयोजकत्वमा २ सय २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको समितिले जनाएको छ ।

यस्तै समितिले बिभिन्न उपसमितिहरु समेत गठन गरेको छ । समितिका सदस्य अशोकचन्द्र घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्बाचन उपसमिति गठन गरेको छ भने महासमिति सदस्य चिजकुमार तामाङको संयोजकत्वमा ५ सदस्यीय बिधान संसोधन उपसमिति गठन गरेको छ । 

यस्तै समितिका उपसभापति शुशिल शर्मा गैह्रेको संयोजकत्वमा १३ सदस्यीय आर्थिक ब्यबस्थापन उपसमिति गठन गरिएको छ । अर्का उपसभापति तिलक प्रसाद गैह्रेको संयोजकत्वमा७ सदस्यीय अतिथी सत्कार उपसमिति गठन गरिएको समितिले जनाएको छ ।

यस्तै समितिले महामन्त्री बिनोद घिमिरेको संयोजकत्वमा १३ सदस्यीय प्रचार–प्रसार उपसमिति गठन गरेको छ । सह–महामन्त्री बैकुण्ठ गौतमको संयोजकत्वमा ९ सदस्यीय स्वयंसेवक उपसमिति गठन गरिएको छ । 

महासमिति सदस्य चिजकुमार तामाङको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतीक उपसमिति गठन गरिएको समितिले जनाएको छ । हालसमितिमा झण्डै एक हजार क्रियाशिल सदस्य रहेको र नयां सदस्यता थपिने क्रम समेत जारी रहेको महामन्त्री बिनोद घिमिरेले जानकारी दिए । अधिबेशनको तयारीसंगै संगठन बिस्तार, भेटघाट र भेलालाई तीब्रता दिईएको उनले बताए । 

पोर्चुगलमा सन् २००६ मा स्थापना भएको समितिमा दुई कार्यकाल पूर्ण हमाल सभापति रहेका थिए भने पछिल्लो दुई कार्यकालअर्थात् हालसापकोटा सभापति रहेका छन् । 
अधिबेशनले आगामाी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ