arrow

नेपाली काँग्रेस रुपन्देहीको सभापतिमा फेरि रज्जाक

८० प्रतिसत भन्दा बढी संस्थापन पक्षले जित्यो

logo
टिपी भुसाल।
प्रकाशित २०७२ माघ २६ मंगलबार
13th-congress.png.png.png
भैरहवा। नेपाली कांग्रेसको रुपन्देहीको सभापतिमा अब्दुल रज्जाक पुनः निर्वाचित भएका छन्। निवर्तमान पार्टी सभापति समेत रहेका रज्जाकले ६ सय ३७ मत प्राप्त गरी दोश्रो कार्यकालको लागि सभापतिमा निर्वाचित भएका हुन।रज्जाक क्षेत्र नम्बब १ को सांसद समेत हुन। उनका प्रतिद्धन्दि अष्टभुजा पाठकले ४ सय ४२ मत प्राप्त गरे। पाठक क्षेत्र नबर ६ का पूर्व सभापति हुन। यसै गरी सचिव पदमा निर्वतमान सचिव रामकृष्ण खांड ६ सय ४० मत प्राप्त गरी विजयी भए। उनका प्रतिद्धन्दि थानेश्वर घिमिरेले ४ सय १२ मत प्राप्त गरे। यसैगरी कोषाध्यक्षमा निर्वतमान कोषध्यक्ष दीपक क्षत्री न्यौपाने ६ सय २९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिद्धन्दि विश्वनाथ यादवले ४ सय १० मत प्राप्त गरे।
 
यसैगरी क्षेत्र नम्बर १ बाट जिल्ला सदस्यमा दुर्गा बहादुर राना, बासुदेव रिमाल, अकवाल खां, हरि काफ्ले र महिला सदस्यमा भगवती बस्याल निर्वाचित भए। यस्तै क्षेत्र नम्बर २ बाट विष्णु थापा, ओम श्रेष्ठ, रामकिसन बिक, राम बहादुर कार्की र मीना भण्डारी निर्वाचित भए। यस्तै क्षेत्र नम्बर ३ बाट रमा खड्का, कृष्णबहादुर गौतम, हरि प्रसाद तिवारी, गणेश प्रसाद शर्मा र शिवराम न्यौपाने निर्वाचित भए। यस्तै क्षेत्र नम्बर ४ बाट फणिन्द शर्मा, रामवलि चौधरी, मायां गौतम, नारायण पुन, गोविन्द लम्साल विजयी हुनु भए। क्षेत्र नम्बर ५ बाट सुनिल मरासिनि, दीलबहादुर राना, चन्द्रमणि शर्मा, तारा बेलवासे निर्वाचित भए भने राजमति कुँवर निर्विरोध निर्वाचित भए। यस्तै क्षेत्र नम्बर ६ बाट अशोक कुमार त्रिपाठि,रमेश प्रसाद यादव,राजकुमार सिंह,विनोद कुमार श्रीवास्तव निर्वाचित भए भने सिबुन निषा निर्विरोध निर्वाचित भइन। क्षेत्र नम्बर ७ मा भने रुद्रनाथ चौधरी,अवधराम यादव,श्रीराम यादव,बलिराम लोध र पूण्यकुमारी यादव निर्विरोध निर्वाचित हुनु भएको छ । १ हजार १ सय ३ जना मतदाता रहेको रुपन्देही कांग्रसले अव उपसभापति,सचिव लगाएत प्रत्येक क्षेत्रबाट मनोनित गरी कार्य समितीलाई पूर्णता दिने छ। क्षेत्रको नतिजाले जिल्लामा ८० प्रतिसत भन्दा बढी संस्थापन पक्षले जितेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ