arrow

काठमाडौं क्षेत्र नं ४ मा गगन थापा हारेकै हुन त?

logo
रोहित पौडेल,
प्रकाशित २०७२ माघ २६ मंगलबार
gagan-thapa.jpeg.jpeg

माघ २२ देशका अन्य सबै क्षेत्रमा जस्तै काठमाडौं क्षेत्र नं ४ मा पनि क्षेत्रिय अधिवेशन सम्पन्न भयो। सधैं जस्तो फेरि पनि २३९ क्षेत्र भन्दा बढी चर्चामा यो क्षेत्र रहेको देखियो। अनलाइन मिडिया र सामाजिक संजालमा 'गगनको हार', 'आफ्नै क्षेत्रमा गगन पराजित' जस्ता शिर्षकले सबैको ध्यान तान्यो। यो स्वभाविक पनि थियो। गगन एउटा यस्तो ब्रान्ड हो जो बिक्छ त्यसैले मान्छेले समाचारमा गगनलाई जोडेर हेर्नु आफ्नो सौभाग्य सम्झन्छन्। गगनका नाममा बारम्बार आउने यस्ता भ्रामक समाचार यसैको प्रमाण हो।

काठमाडौं क्षेत्र नं ४ संविधानसभा निर्वाचनमा गगन थापा प्रत्यक्ष निर्वाचित हुनुभएको क्षेत्र हो जहाँ उहाँले निकटतम प्रतिद्वन्द्वीलाई तेह्र हजार भन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो। यसले प्रमाणित गर्छ यो क्षेत्रमा कांग्रेसको सांगठनिक क्षमता र एकतालाई। माघ २२ को क्षेत्रिय अधिवेशन उद्घाटनमा पुगेर गगन थापाले यो पार्टीको आन्तरिक निर्वाचन भएको र घर भित्र आफू पक्ष वा विपक्षमा उभिन नचाहेको भन्दै आफ्नो मताधिकार समेत प्रयोग नगरी शान्तिपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न आग्रह गर्दै निस्किनु भयो। तसर्थ कुनै पक्ष वा विपक्षमा उहाँको संलग्नता थिएन भन्ने विषय सम्पुर्ण रुपमा प्रष्ट छ।

क्षेत्र नं ४ को अधिवेशनको निर्वाचनमा तीन उमेदवार रहनु भएको थियो। राजु श्रेष्ठ, न्हुच्छे नारायण श्रेष्ठ र विनोद बाबु प्रधान। तीन मध्ये राजु श्रेष्ठ बिजयी रहनुभयो। बाह्रौं महाधिवेशनमा न्हुच्छे नारायण श्रेष्ठ सभापति बन्नु भएको थियो। यो अधिवेशन पनि प्रचारमा आएको जस्तो भने भएको होइन। न्हुच्छे नारायण श्रेष्ठले समर्थन गर्नुभएको टीमबाट सचिवका साथै बहुसंख्यक कार्यसमिति सदस्य र महाधिवेशनमा छानिनुभएको तथा १२ मा ९ बिजयी बन्नुभयो। यसैगरी जिल्ला सदस्यमा सबै चार सदस्यमा न्हुच्छे नारायणले समर्थन गरेको समूहबाट बिजयी हुनु भएको हो। यस क्षेत्रमा सभापति को बन्ने भन्ने विषयमा सामान्य विवाद रहेका कारण साथमा काम गरिरहनु भएका न्हुच्छे नारायण श्रेष्ठ र विनोद बाबु प्रधान उमेदवार भएका कारण राजु श्रेष्ठको सहज बिजय भएको थियो।

समाचार र सामाजिक संजालमा आएको हल्ला जस्तो गगन थापा भने कुनै पक्ष वा विपक्षमा नलागेको र केन्द्रीय सदस्य स्वत महासमिति सदस्य हुने भएकाले उहाँले निर्वाचनका कुनै कार्यक्रममा भाग लिनुभएको छैन। यसका साथै तटस्थता सम्भव रहोस भन्नकालागि मताधिकार समेत प्रयोग गर्नुभएको थिएन। म आफैं पनि यसै क्षेत्रबाट सबैभन्दा ज्यादा मत प्राप्त गरि निर्वाचित जिल्ला सदस्य भएकोले यो प्रष्ट पार्न चाहन्छुकी गगन थापाले देखाएको त्यो सदासयतालाई कमजोरी ठानिएको मात्र हो। दुष्प्रचार गर्नेहरु थाकेर आफै सेलाउनेछन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ