arrow

नेपाली काँग्रेसका सभापति शुसिल कोइरालाको निधन

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
sushil-death.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसका सभापति शुसिल कोइरालाको निधनपूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ । कोइरालाको निमोनियाका कारण मंगलबार बिहान १२ बजेर ५० मिनेटमा निधन भएको कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जानकारी दिए। दमसम्बन्ति क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो । 

महाराजगन्जस्थित कोइरालाको निवासमै उनको निधन भएको हो। ब्रोङ्काइटिस भएका कोइरालालाई मौसममा आएको चीसोका कारण सो निमोनिया विकास भएपछि कोइरालाको अचानक हृदय घातबाट मृत्यु भएको कोइरालाका निजि चिकित्सक डा करबिरनाथ योगीले जानकारी दिए। एक महिनायता कोइरालालाई यस्तो समस्या देखिएपछि तीन प्रकारका एन्टी बायोटिक सँगै चलाइएको थियो। 

योगीले भने 'सोमबार बेलुकासम्म स्थिति सामान्य नै थियो, अक्सिजनको मात्रा बढाइएको थियो।' योगीले भने 'सोमबार साँझ खानपान सामान्य थियो। एक्कसी अवस्था बिग्रदै गयो र १२:५० बजे उहाँको निधन भयो।'
 
महाधिवेशनको बेलामा जति सक्रिय हुनुपर्ने थियो त्यति हुन नसकेपछि कोइरालाको स्वास्थ्यका बारेमा अनेक अड्कल काटिदै आएको थियो। तर बेलाबेलामा आफू स्वस्थ रहेको र क्यान्सरलाई समेत जितेको कोइरालाले बताउँदै आएका थिए। 
 
काठमाडौं काँग्रेसको काठमाडौंमा २५ माघमा भएको अधिवेशनको कोइरालाले उद्घाटन गर्ने भनिएपनि उनी जान सकेका थिएनन। अधिवेशनको बरिष्ठ नेता देउवाले उद्घाटन गरेका थिए। कोइराला त्यहाँ आउन नसक्दा पनि उहाँको स्वास्थ्यको बारेमा चर्चा भएको थियो। काठमाडौंमा अचानक बढेको चीसोका कारण उहाँ आउन नसकेको बताइएको थियो। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ