arrow

अमरावती सामुदायिक बनमा विबाद चर्कियो

logo
देवानद न्यौपाने,
प्रकाशित २०७५ जेठ २८ सोमबार
lamki.jpg

लम्की ।  कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा रहेको अमरावती सामुदायिक बनमा उपभोक्ता विच विबाद चर्किएको छ । उपभोक्ताहरु दुई समुहमा विभाजित भएपछि विबाद चर्किएको हो । जेठ २६ गते अबैध निर्बाचन समितिले गराएको निर्बान बाट निर्बाचित पदाधिकारी समेत अबैध हुने सेक्टर बन कार्यालय लम्कीका प्रमुख देबेन्द्रलाल कर्णले जानकारी दिए । सहमतिको आधारमा समुहको अर्को निर्बाचन नहुदा सम्म सामुदायिक बनको सबै कारोबार समेत बन्द रहेने सेक्टर बन लम्कीले जनाएको छ । यहि जेठ १२ गते सामुदायिक बन उपभोक्ता समुहको नयाँ नेतृत्व चयनका लागि भन्दै साधारण सभा बोलाइएको थियो ।

उक्त साधारण सभामा गणपुर संख्या नपुगेको भन्दै केहि उपभोक्ताले सेक्टर बन कार्यालयमा उजुरी गरेका थिए । गणपुरक संख्या नपुगेको सभाले गरेका निर्णयलाई मान्यता नदिने भन्दै सक्टर बन कार्यालय लम्कीका प्रमुख देबेन्द्रलाल कर्णले इलाका बन कार्यालयलाइ स्थलगत रिपोटीङ्ग गरि सत्य तथ्य रिपोट पेश गर्न आदेश दिएको थियो ।

ईलाका बन कार्यालय लम्कीका प्रमुख सहायक बन अधिकृत रवि कुमार निधि कर्ण नेतृत्वको टोलीले स्थलगत गरेको अध्यन अनुसार सामुदायिक बनको स्वीकृत विधानमा उल्लेखित प्रवाधान अनुसार साधारण सभाको गणपुरक संख्या नपुगेको भन्दै पुःन अर्को साधारण सभा बोलाउन अमरावति सामुदायिक बनलाई निर्देशन दिएको थियो ।

समुहका अध्यक्ष नैनसिंह कामीले तत्काल निर्बाचन समितिलाई पत्रलेखि ईलाका र सेक्टर बन कार्यालयको आदेश अनुसार अर्को ब्यवस्था नभए सम्म निर्बाचन प्रक्रिया स्थगित गरीदिन आग्रहको पत्र पठाएका थिए । साथै उपभोक्तालाई समेत सुचना प्रकासित गरी साधारण सभाको निर्णय तत्कालको लागि मान्य नहुने भन्दै निर्बाचन प्रक्रिया समेत स्थगित भएको जानकारी गएका थिए ।

 इलाका बन र सेक्टर बनको पत्र पश्यात नयाँ नेतत्व चयनमा समेत अध्यक्ष पदका लागि उम्मेदावारी दिएका वि.क. र उहाको प्यानलले आफ्नो उम्मेदावारी कानुन सम्बतरुपमा स्वतहः बदर भएको जानकारीका साथै जेठ १२ गते गरेको निर्णय सबै खारेजी भएको सार्बजनीक सुचना प्रकासित समेत गरेका थिए ।

 तर निर्वाचन समितिका संयोजक भिम बहादुर शाहले सेक्टर बन कार्यालय लम्कीको आदेश लत्याउदै विधान विपरित एकलौटी रुपमा निर्बाचन गराएका थिए । एलौटी रुपमा समुहको विधान विपरित गराएको निर्बाचनमा अर्को प्यानलका अध्यक्ष पदका उम्मेदावार राजेन्द्र चौधरी सहितका अन्य सदस्यलाई टीका लगाई विजयी घोषणा गरिएको थियो ।  अध्यक्ष पदका दाबेदार वि.क. लोकतान्त्रीक र चौधरी बाम गठबन्धन निकट भई प्यानल सहित निर्बाचनमा हामीएका थिए । यता सेक्टर बन कार्यालय लम्कीका प्रमुख देवेन्द्रलाल कर्णले समुहको विधान विपरित गरिएको निर्बाचनलाई मान्यता नदिने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ