- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका ८ लुप्लुङ गाउँमा रहेको नेश्नल एकेडेमी ईङ्लिस बिध्यालयमा सोमबार राति स्थानिय स्तरमा रहेको एक समुहले आगो लगाई ध्वस्त बनाएको उक्त विद्यालय स्रोतले बताएको छ ।
कम्पनी एेन अनुसर कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता समेत भएको उक्त बिद्यालय स्थानिय युवाहरुले प्यूठान स्वर्गद्वारी नगरपालिका ५ सारीबाट ६ महिनाअघि खरिद गरी सो ठाउँमा २ कक्षा सम्म सञ्चालनमा रहेको लगानीकर्ता स्थानिय केशब बिकले बताए ।
नामसारीको काम बाँकी रहेपनि नियमानुसार सबै कागजात पुरा गरि बिद्यालय सञ्चालन गरिए पनि नेपाल कम्युनिष्ट पार्टी बिप्लव निकट बताउने केही समुहले नियम बिपरित विद्यालय सञ्चालन गरेको भन्दै धम्की दिदै आएको उक्त विद्यालय स्रोतले बताएको छ ।
राजनितिक बिषय भन्दापनि व्यक्तिगत करणले विद्यालयमा स्थानिय पदम पोख्रेलको समुहले आगजनी गरेको लगानी कर्ताहरुको भनाई छ । विद्यालयमा रहेका अत्यावस्यक कागजात, फर्निचर, लगायत सबै सामग्री जल्दा ३ लाख बढीको क्षति भएको बताइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोखरेलले जनाएका छन् । उक्त विद्यालयमा ६९ जना बालबालिका अध्ययनरत रहेको प्रिन्सिपल रीता पोख्रेलले बताएकी छिन् ।