प्रदेश ७ को बजेट २६ अर्बको, उद्योगलाई कर छुट देखि करको दायरा बढाउनेसम्मका योजना
प्रकाशित २०७५ जेठ २९ मंगलबार
734
Shares
धनगढी। प्रदेश नं ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब सम्मको बजेट ल्याउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा बोल्दै मन्त्री बोहोराले ‘संघिय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तिय क्षेत्रबाट उठाउने गरि बजेट निमार्ण गरिरहेको बताए।
पूर्वाधार, जलविद्युत, उद्योग, कृषि लगायतलाई प्राथमिकतामा राखेर वजेट निमार्ण गरिरहेको बताउदै उनले लगानी आर्कषित गर्न कर छुट दिन लागिएको जानकारी दिए। मन्त्री बोहराले ‘कर’ करले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए। ‘कर’ करले होईन, रहरले तिराउने हो। मेरो राज्य र सरकार हो भन्ने हेतुले कर मैत्री वातावरण वनाउँछौँ । करको दायरा होईन, करका नयाँ क्षेत्रको पहिचान गर्छौँ,’ उनले भने।
उनले विकास र समृद्धिको आधार बर्षको रुपमा यो बजेट ल्याउन लागेको बताए। संघियता कार्यान्वयनको चरणमा वजेट आउन गालेको बताउँदै विकास र समृद्धिको आधार वर्षको रुपमा बजेटको कार्यन्वयन हुने उनले बताए कार्यक्रममा प्रदेश नं ७ का सभामुख अर्जुन बहादुर थापाले राजनितिक भन्दा आर्थिकक्रान्ती अभियानमा अगाडी बढ्नुपर्ने बताए । यूनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताईन्।