arrow

सभामुख र उपसभामुखसम्बन्धी सवैधानिक व्यवस्था कार्यान्वयन माग

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
parliament1.png

काठमाडौँ  । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् ।  

प्रतिनिधिसभाको बुधवारको बैठकको विशेष समयमा भाग लिँदै उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग गर्र्दै भने, “ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकीकरण भई नेकपा गठन भएकामा बधाई र शुभकामना छ ।

नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेका अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनुहुँदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको टिप्पणी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ