arrow

वरिष्ठ कलाकार थापाको निधन

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
bhim-b-thapa.jpg

काठमाडौँ । वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा बुधवार बिहान २ बजे निधन भएको छ ।  लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ ।

थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गरेका छन् ।  उनले दुई वर्ष बेलायती सेनामा काम गरेपछि नेपाली सेनामा समेत काम गरेका थिए ।

 उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाटमा पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ