arrow

ओखलढुङगाका विद्यालयलाई सपोर्ट माइ स्कूलको ६ लाखको सहयोग

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
school-shanti-kshya-abhyan.jpg

ओखलढुङगा। सपोर्ट माई स्कुलले आरुभञ्जयाङ आधारभूत विद्यालयलाई करिब ६ लाख रुपैँयाका शैक्षिक सामग्री तथा फर्निचर वितरण गरको छ । ओखलढुङगाको सुनकोशी गाउँपालिकास्थित रहेको विद्यालयलाई औपचारिक कार्यक्रम गरि फर्निचर र शैक्षिक सामग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेसका पूर्व सांसद रामहरी खतिवडा, कांग्रेस जिल्ला सभापत्ति प्रदिप कुमार सुनुवार र महासमिति सदस्य बालकृष्ण दाहालले अभिभावकको सहभागीतामा उक्त सामग्री वितरण गरेका हुन। 

दुवईबाट सामाजिक सञ्जालको प्रयोग गर्दै बिनोद तामाङले सपोर्ट माई स्कुल अभियान चलाएका थिए । ओखलढुङगा सुनकोशि गाउँपालिकाका युवाहरुको सक्रियतामा उक्त अभियान सञ्चालन भएको अभियानका संयोजक तामाङले बताए ।

‘विदेशमा रहेर सामाजिक सञ्जालको माधयबाट अभियान सुरु गरेका थियौं । सामान्य ढंगले गर्दागर्दै अभियानले बृहत आकार लियो,’ युएई नेपाली कांग्रेस जनसम्पर्क समितिका सहमहामन्त्री समेत रहेका तामाङले भने,–‘प्रवासमा रहेका स्थानीय युवाहरू मिलेर गाउँको विद्यालयको शैक्षिक गुुणस्तरका लागि अभियान चलाएका थियौं । गरे हुने रहेछ ।’

यस अभियानका लाग विनोदले नै १५ हजार घोषणा गरेका थिए । यसपछि कुमार तामाङ, हेमराज तामाङ हुँदै धेरै सहयोगिहरुले अभियानमा साथ दिएका थिए ।

नेपालबाट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका केन्द्रीय सदस्य बलराज तामाङले उक्त अभियानको संयोजन गरेका थिए । अभियानले आधुनिक फलामको डेक्स बेन्च ४० जोर, २ सय विद्यार्थीलाई कापि कलम वितरण गरेको अभियान्त तामाङले बताए। साथमा ८ वटा ह्वाइट बोर्ड, ८ डस्टर, जेहेन्दार तथा गरिब ६ जना विद्यार्थीलाई विद्यालयको पोषाक वितरण गरिएको हो। 

यस्तै, उनकै पहलमा राष्ट्रिय खेलकुद परिषदबाट दिएको खेलकुदका सामाग्री सुनकोशी मावि र आरु भञ्ज्याङ आधारभूत विद्यालयमा वितरण गरेका छन् । भलिबलको सेट, फूटबल, ब्याटमिनटको सेट सोही कार्यक्रममा हस्तान्तरण गरिएको तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ