काठमाडौं । स्थानीयस्तरका विभिन्न अधिवेशन सम्पन्न गरेका नेपाली काँग्रेसका कार्यकर्ताहरुले विजय र्याली मनाईरहेका बेला एकएक शोकाकुल हुनु परेको छ । आफ्ना अविभावक तथा सर्वोच्च नेता कोईरालाको निधन भएपछि उनीहरु हर्षबाट विस्मातमा पुगेका हुन् । जिल्ला जिल्लामा भईरहेका चुनावी बैठक तथा सभाहरु शोक सभामा परिणत भएका छन् ।
काँग्रेसको जिल्ला अधिवेशन अधिकाँश जिल्लामा हिजो सम्पन्न भएको थियो । कतिपय जिल्लामा त मतणना पनि जारी थियो, त्यही बेला सभापति कोईरालाको निधनको खवरले सवैलाई स्तव्ध बनाएको छ । विजयउत्सव मनाईरहेका र मनाउने तयारी गरिरहेकाहरुले विजय उत्सवका कार्यक्रम स्थगीत गरे भने आज भोली निर्वाचन हुने तयारी भईरहेका ठाउमा पनि निर्वाचनको काम पुरै बन्द भएको छ । उनीहरु अहिले स्थानीय नेता तथा पार्टी कार्यालयमा जम्मा भएर सभापति कोईराला प्रति श्रद्धान्जली दिन थालेका छन् ।
पार्टीलाई उहाँको निधनले के कस्तो असर पार्ला ? अधिवेशनका कामहरु अव के होलान ? केन्द्रीय महाधिवेशन निर्धारित समयमै होला की नहोला ? जस्ता जिज्ञासाका साथ कार्यकर्ताहरु मौन भएका छन् । काठमाडौंमा भएकाहरु भने विहानै देखि उनको निवास महाराजगञ्जमा पुगेका छन्। काँग्रेसका सवै पदाधिकारी सहितका नेताहरु महाराजगञ्जमा छन भने अन्य विशिष्ट व्यक्तित्वहरु, सुवेच्छुकहरु र उनका नातेदारहरुको अहिले महाराजगञ्जमा ठुलो भिड लागेको छ ।
उनलाई श्रद्धान्जली दिनका लागि पुर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री सिपी मैनाली, पुर्वउपप्रधानमन्त्री वामदेव गौतम, अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्की लगायतका उच्च पदास्थ व्यक्तीहरु कोईराला निवासमा पुगी सकेका छन् । अन्य पुर्वप्रधानमन्त्री तथा पार्टीका शिर्ष नेताहरु पनि महाराजगञ्ज पुग्ने तयारीमा रहेका छन् ।