arrow

पूर्णसरसफाई नगर घोषणा गर्न घरघरमा स्टिकर

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार १ शुक्रबार
P1000548.JPG

रामपुर (पाल्पा) । रामपुर नगरपालिकालाई पूर्ण नगर सरसफाईयुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ नगर भित्रका दुई हजार घरधुरीमा पूर्ण सरसफाईको स्टिकर टाँसिने कार्य भइरहेको छ ।

 पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले रामपुर नगरपालिका सँग साझेदारी गरी नगरपालिकाका वडा नं ४, ५, ६  र ७ गरी चार वटा वडाका घरहरुमा स्टिकर टास्ने कार्य भइरहेको हो । घरभित्र र घर वरिपरी निस्कने फोहोरजन्य पदार्थले विभिन्न किसिमका रोगहरु मानिसमा निम्त्याउने हुँदा नियमित सरसफाईमा ध्यान दिन सचेत गराउँदै यो कार्यक्रम सञ्चालन भएको छ ।  

पहिलो चरणमा नगरपालिकाका चार वटा वडाबाट कार्यक्रम सुरु गरेको नगर स्वास्थ्य शाखाका संयोजक तीर्थप्रसाद ढुंगाना बताए । संयोजक ढुंगानाका अनुसार कार्यक्रम संचालन भएका चार वटा मध्ये प्रत्येक वडामा पाँच - पाँच सय घरधुरी छनौट गरेर कार्यक्रम चलाएका छौ ।  कार्यक्रम अत्यन्तै प्रभावकारी रहेकाले नगरका सबै वडामा सञ्चालन गर्नु आवश्यक रहेको संयोजक ढुंगानाले बताए ।

हरियो स्टिकरले सरसफाई पूर्ण रहेको र निलो स्टिकरले सरसफाई पूर्ण नभएको संकेत जनाउने खालको स्टिकर घर घरमा टाँस गरिएको सामाजिक परिचालक सुन्दरी बास्ताकोटी बताइन् । पूर्ण सरसफाईको लागि व्यक्तिगत सरसफाई, सफा र स्वच्छ घर आँगन, सुरक्षित खानाको प्रयोग, सुरक्षित पानीको प्रयोग, चर्पीको नियमित प्रयोग यी पाँच वटा सुचक पुरा भएको घर घरमा पूर्ण सरसफाईको संकेत जनाउने हरियो स्टिकर टाँस गरिएको बस्ताकोटी जानकारी दिइन ।

सामाजिक परिचालक, नगर स्वास्थ्य शाखाका कर्मचारी, जनप्रतिनिधि लगायतले घर आँगन, घर भित्रको अवस्था, शौचालयको अवस्था आदिको अवलोकन गरेर हरियो र निलो स्टिकर टाँस गरिएको छ । पूर्ण सरसफाई कार्यक्रम अन्र्तगत सरसफाईबारे सचेत गराउदै सरोकारवालाको सहभागितामा घर घरमा पूर्ण सरसफाईको स्टिकर टाँस्ने कार्य भइरहेको वडा नं ५ का सरसफाई समन्वय समिति संयोजक तथा वडा सदस्य काशिनाथ रेग्मीको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ