arrow

पाल्पाली साहित्यकार बस्यालको उपन्यास बजारमा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार १ शुक्रबार
bismita.jpg

पाल्पा । पाल्पाली साहित्यकार तथा सर्जक शिव बस्यालको उपन्यास ‘बिस्मिता’  बजारमा आएको छ । प्रेमकथामा आधारित उपन्यास ‘बिस्मिता’ इन्डिगो इन्कले  बजारमा ल्याएको हो ।  पाल्पा जिल्लाको केरवादीमा जन्मेका बस्याल सानै उमेर देखि साहित्यक क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

देश विदेशमा रहेर पनि  नेपाली सहित्यक क्षेत्रलाई नजिकबाट नियालेका बस्यालको पहिलो उपन्यासको आख्यानकार राजन मुकारुङ, लेखक बन्दना ढकाल र कवि हरिमाया भेटवाले काठमाडौंमा एक कार्यक्रमका बिच संयुक्त रूपमा विमोचन गरेका थिए । कार्यक्रममा पुस्तकमाथि बोल्दै मुकारुङले वर्तमान समाजको मानवीय संवेदनालाई उपन्यासले समेटेको बताए ।

‘अहिले हामीलाई ‘डिजिटल’ दुनियाँले दिमाग ‘विस्तापित’ गर्दै लगिरहेको छ । हाम्रो संवेदनालाई कमजोर बनाएको छ’, उनले भने, ‘यस मनोविज्ञानलाई लेखकले उपन्यासमा प्रस्तुत गरेका छन् ।’ ‘प्रविधिको’ प्रभावले समाज, राजनीति, परिवारबाट अलगिँदै गएको पात्रको मनोविज्ञानलाई खुलस्त रूपमा लेखकले उपन्यासमा राखेको उनले बताए ।

 सोहि कार्यक्रममा हरिमाया भेटवालले सार्वजनिक पुस्तकबारे बोल्दै प्रेमको अन्योलमा अल्झिएको र अहिलेको पुस्ताको मनोविज्ञानलाई उपन्यासले उजागर गरेको बताइन् । ‘साइबर प्रेमको प्रयोग भए पनि प्रेमलाई हल्का रूपमा लिएका छन् पात्रले,’ उनले भनिन, ‘नयाँ पुस्तामा यही देखिन्छ, जुन लेखकले देखाउन खोजेका छन् ।’  ‘बिस्मिता’का लेखक शिव बस्याल प्रवासमा रहेर साहित्य क्षेत्रमा क्रियाशील छन् । पछिल्लो समयमा  नेपाली साहित्यक क्षेत्रमा विकृति विसंगती आइरहेकाले त्यसको संरक्षण र प्रवद्र्धनमा लाग्न पहिलो उपन्यास बजारमा ल्याएको लेखक बस्याल बताए ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ