arrow

टोल टोलमा प्रहरी अभियान सुरु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार १ शुक्रबार
bajhang_district_map.png

बझाङ। नागरिकहरुको घरदैलोमा प्रहरीको प्रत्यक्ष भई  शान्ति सुरक्षा अपराध रोकथाम र अनुसन्धानमा सहज ल्याउन तथा समुदायमा घटने अपराध लाई न्यूनिकरण गर्ने उदेस्यका साथ टोलटोलमा प्रहरी अभियान सुरु हुने भएको छ । जिल्लाको जयपृथ्बी नगरपालिको सबै वडाका सबै टोल टोलहरुमा सचेतना दिनका लागी  प्रहरीहरु परिचालनका लागी टेली समेत गठन गरिएको हो ।
 
नागरिक मैत्री प्रहरीको रुपमा नेपाल प्रहरीको छबि लाई बिस्तार गरि गाँउघरमा  हुने  अपराधका घटनाहरुको बारेमा कानुनी सचेनता तथा उजुरी गर्ने प्रकृयाका बारेमा जानकारी दिन टोलटोलमा प्रहरी अभियान सुरु गरिन लागेको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिए । उनले असार को असार १ गते देखि अभियान सुरु गरि असारको २५ गते सम्म जिल्ला सदरमुकाम रहेको जयपृथ्बी नगरपालिकाका सबै वडाका सबै टोल टोलमा पुगि सचेतना अभिबृद्धि गरिने बताए ।

उनले त्यसका लागी एक टोलीमा दुई जना रहने गरि ११ टोलीका २२ जनालाई खटाउने जानकारी समेत दिए । टोल टोलमा पुगी प्रहरीले सम्भावित अपराध ,कानुनी प्रकृया र उजुरी गर्ने तरिकाका बारेमा विद्यालय, समुदायिक स्थरमा रहेका आमा समुह, क्लब हरु तथा समुदायिक सस्थाहरुलाई भेला गराई सचेतना कार्यक्रम सन्चालन गरिने भएको छ ।

 स्थानीय स्तरमा जनप्रतिनिधीहरु संग समन्वय गरि पर्चा पम्पलेट सहित समस्या परेमा कहाा जाने आफ्ना समस्याहरु कसरी राख्ने र कानुनी उपचारको बाटो कसरी खोज्ने भन्ने बिषयमा जानकारी दिने कार्यक्रम सहित रहेका उपरिक्षक कडेलले जानकारी दिए । उनले साउन पछि जिल्लाका सबै स्थानीय तहमा समेत यो कार्यक्रम सन्चालन गरि न्याय सम्पादन प्रकृयामा सहज हुने बिस्वास लिएको समेत जानकारी दिए ।
 
पछिललो समयमा जाड रक्सीका कारण घरलु हिंसा तथा महिला हिंसाका घटनाहरु बढी रहेको प्रहरीको भनाई छ । यसरी यो अभियान प्रभाबकारी ढंगले सन्चालन गरेमा गाँउघरमा हुने हिसांका घटनामा समेत कमी आउने जयपृथ्बी नगरपालिकाका प्रमुख ,बिरेन्द्र खड्काले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ