arrow

कोइरालाको योगदानविना संविधान निर्माण सम्भव थिएन : प्रचण्ड

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
dahal-ko-samjhana.jpg.jpeg
धनकुटा । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको निधनले देशलाई अपुरणीय क्षति भएको पुगेको बताउँदै संविधान निर्माण प्रक्रियामा कोइरालाको योगदान नभएको भए संविधानसभाबाट संविधान जारी असंभव रहेको बताएका छन् । 
 
पार्टी कामको सिलशिलामा प्रदेश १ अन्र्गत धनकुटा पुगेका दाहालले क्रान्तिकारी पत्रकार संघ धनकुटाले गरेको पत्रकार सम्मेलनमै यस्तो बताएका हुन् । दाहालले भने, ‘देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको सभापतिको हैसियत र सरकारको प्रधानमन्त्रीको हैसियतले पनि उहाँको योगदान अतुलनीय छ ।’ दाहालले सो अवसरमा सुशील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनको एक स्थापित व्यक्तित्व भएको बताए । 
 
संविधान निर्माणमा योगदानका कारण कोइराला नेपालको एक अविश्मरणीय राजनीतिक व्यक्तित्व बनेका दाहालको भनाई छ । दाहाले भने, ‘संविधान कार्यान्वयनको सन्दर्भमा मेरो उहाँसँग निकै अन्तरंग कुराकानी हुने गरेको थियो । राष्ट्रलाई कसरी एकतावद्ध भएर लैजान सकिन्छ भन्नेमा उहाँसंग खुलेर अन्तरंग कुराकानी भएको थियो । संविधान कार्यान्वय र विकास निर्माणको प्रक्रियामा ठूलो क्षति पुगेको छ । मृत्यु शास्वत भएकाले हामीले यसको सामना गर्ने पर्दछ । ’
 
अध्यक्ष दाहालले कोइरालाको चाहाना पनि एउटा बलियो राष्ट्रिय एकता बनोस्, संविधान कार्यान्वयको प्रक्रिया सहज अगाडि बढोस् भन्ने रहेको सुनाउँदै सबै एकतावद्ध भएर संकल्प गर्नु बाहेक अर्को कुनै विकल्प नरहेको बताए । दाहालले भने, ‘म नेपाली काँग्रेसका सभापति शुसील कोइरालाप्रति श्रद्धा, सम्मान र शोक सन्तप्त परिवारजनप्रति र नेपाली काँग्रेस पार्टी पंक्तिप्रति गहिरो समवेदना प्रकट गर्न चाहान्छु । देश अहिले जुन परिस्थितिमा छ देशका सबै राजनीतिक शक्तिहरु, राष्ट्रिय शक्तिहरु एक ठाउँमा केन्द्रीत हुनु आजको आवश्यकता हो ।’ यसैले उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ