arrow

कन्काई क्याम्पस सुरुङ्गाको पूर्व विद्यार्थी समाजमा तिम्सीना

logo
प्रकाशित २०७५ असार २ शनिबार
Jhapa_District.png

झापा । सुरुङ्गा स्थित कन्काई बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थीहरुको एक भेलाले दिनेश कुमार तिम्सीनाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । उक्त कार्य समितिको उपाध्यक्षमा कमला खरेल, सचिवमा सागर ढुङ्गाना, सहसचिवमा केशव शिवाकोटी र कोषध्यक्षमा प्रमिला खरेल (प्रसाई) रहेका छन् । त्यस्तै सदस्यहरुमा राधिका ओली (कड्रिया), गंगा पोख्रेल, अशोक पाठक, अमित प्रसाई, उत्सब बास्तोला, डिल्लीराम घोसाई, भक्त बा. वि.क. र कृष्ण कुमार खतिवडा रहेका छन् ।

तदर्थ समितिका संयोजक दिनेश कुमार तिम्सीनाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा विभिन्न विशिष्ट  व्यत्तित्वहरुको उपस्थिती रहेको थियो । यसैबीच भेलामा बोल्ने बक्ताहरुले क्याम्पसलाई यस क्षेत्रको नमुना बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अथिति क्याम्पस प्रमुख विकास उप्रेतीले क्याम्पसको उन्नयनका लागि पूर्व विद्यार्थीहरुको अहम भुमिका रहने भएकोले उक्त पूर्व विद्यार्थीहरुको मञ्चबाट क्याम्पसको विकासको आवश्यक साथ र सहयोग रहेने दृण अपेक्षा रहेको बताउनु भएको छ । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले सो क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु देश विदेशमा छरिएर रहेका र उनिहरुले क्याम्पसको शैक्षिक विकासमा सहयोग गर्नुपर्ने धारणा  व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व विद्याथी सागर ढुङ्गाना, अशोक पाठक, भक्त शंकर वि.क., लिलाराज झापाली लगायतले मन्तव्य राखेका थिए । त्यस्तै पूर्व विद्यार्थी रुद्र गौतमले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ