arrow

समस्या पहिचान गर्न टोलटोलमा प्रहरी

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार २ शनिबार
tol-tol-ma_-_police.jpg

पाल्पा । समाजमा रहेको विकृती वा सूरक्षा सम्बन्धी समस्या पहिचान गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी टोलटोलमा अभियान सूरु गरेको छ । जिल्लाका विभिन्न टोल टोलमा अब दैनिक रुपमा प्रहरी पुग्ने भएका छन् । प्रहरीको केन्द्रिय कार्यालयले सञ्चालन गरेको टोलटोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न टोलमा पुग्ने भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिल्लीराज पन्तले एक कार्यक्रममा यो अभियान जिल्लाको सदरमूकाम तानसेनबाट सुरु हुने बताएका छन् । उनका अनुसार ‘तानसेनका प्रत्येक टोलमा एकजनाका दरले प्रहरी पठाइने छ ।  उनले भने ‘समाजमा रहेका विकृती वा सूरक्षा सम्बन्धी समस्या पहिचान गरी ती समस्याको न्यूनिकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नेछौ ।’ विगतदेखि प्रहरी कार्यालयसँग समन्वय गर्दै आएको सामूदायिक केन्द्रसँग समन्वय गरेर टोलटोलमा प्रहरी पुग्ने उनले बताए ।

 अभियानलाई सफल पार्नको लागि सबै नागरिकले सहयोग गर्नुपर्ने बताए । ‘पहिले प्रहरीले शासन गरे जस्तो, दमन गरेको नागरिकले अनुभूति गरेका थिए, पुलिस देखेपछि नागरिक डराउने गर्दथे उनले भने अब प्रहरी दाईभाइ जस्तै घरघरमा पुग्नेछ ।’ कुटपिट भन्दा पनि सकारात्मक व्यवहारबाट विकृतिहरुको न्यूनिकरणमा लाग्ने उपरिक्षक पन्तले बताए । तर अभियानसँगै आधुनिक स्रोत साधनको राज्यले व्यवस्था गर्न सके आफुहरु लक्ष्य अनुरुप सफल हुने उनको भनाई छ ।

अभियान बारेमा जानकारी दिदै प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले तानसेन नगरपालिका भित्रका टोललाई सुरक्षाको हिसाबले वर्गिकरण गरेर प्रहरी नियमित रुपमा खटाइने बताए । ‘पहिलो चरणमा पर्चा पम्पलेट र विभिन्न सञ्चार माध्यम मार्फत यसको महत्वको बारेमा आम नागरिकलाई सूचित गर्छौ उनले भने त्यसपछि प्रहरीलाई चौविसैघण्टा टोलमै खटाउने छौ र प्रहरीले स्थानीयसँगको समन्वयमा तयार पारेको रिपोर्टको आधारमा सोही टोलमा आवश्यक कार्यक्रम सञ्चालन गछौ ।’

कार्यक्रममा प्रमूख अतिथि वरिष्ठ पत्रकार मेघराज शर्माले यो अभियानलाई सफल पार्नको लागि सबै नागरिकले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । यो अभियानले समाजमा लुकेर रहेका सुरक्षाका सुक्ष्म चूनौतीलाई पनि नियन्त्रण गर्न सफल हुने उनको ठम्याई छ । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक अमृत भण्डारीले गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ