arrow

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको जिल्ला स्तरिय अभिमुखिकरण सम्पन्न

logo
प्रकाशित २०७५ असार २ शनिबार
kailali-district.png

सुखड ।  प्राकृतिक  श्रोतहरुमा देखिने  बिबादहरुलाइ मेलमिलापका माध्यमबाट समाधान गराउदै आएको सस्था  प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको कैलाली जिल्ला स्तरिय अभिमुखिकरण सनिबार घोडाघोडिनगरपालिका १  सुखडमा सम्पन्न भएको छ ।

कैलाली  जिल्लाभरका स्थानिय  तहका जनप्रतिनिधि  प्रमुख , उपप्रमुख र प्रमुख प्रसासकिय अधिकृतहरुको सहभागितामा भएको अभिमुखिकरणमा सामुदायिक  मेलमिलाप अभियानलाइ वडा  तह सम्म सन्चालन गर्नका लागि स्थानिय तहहरुले कार्यक्रम तथा अभियान सन्चालन गर्नुपर्नेमा जोड दिएको छ ।  कार्यक्रममा धारणा राख्दै  प्रमुख अतिथी कैलाली जिल्ला समन्बय समितिका सन्योजक सुर्य बहादुर थापाले दिगो सान्ती नभएसम्म दिगो बिकास सम्भब नहुने भन्दै  मेलमिलापका माध्यम बाट गरिने बिबाद समाधानले दिगो  बिकासका लागि सहयोग पुर्याउने बताए ।                       
      
उनले स्थानिय तहहरुमा न्यायिक समितिहरुले कार्य गरिरहेको अवस्थामा  मेलमिलापद्वारा बिबाद रुपान्तरणका लागि  प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल  सङ्ग समन्वय  गर्न सकिने बताए । सो अवसरमा धारणा राख्दै विशिष्ट  अतिथी  धनगढी  उपमहानगरपालिकाका प्रमुख  नृप ओडले सस्थाले गरेको अभिमुखिकरण बाट स्थानिय तहले आफ्ना निकायमा मेलमिलाप तथा देस समृद्धिका लागि थाल्नु पर्ने अभियानका बारेमा उत्साह  बढाएको बताए ।  कार्यक्रममा धारणा राख्दै विभिन्न स्थानिय तहका प्रतिनिधिहरुले सस्था सङ्ग समन्वय  गर्न सकिने पक्षहरुमा  सहकार्य गरेर जाने प्रतिबद्धता  समेत जनाएका छ्न ।

 धारणा राख्नेहरुमा धनगढी उप महापालिकाका कार्यकारी अधिकृत  सन्त बहादुर सुनार, गोदावरी नगरपालिकाका उपमेयर रत्न कुमारी कडायत ,धनगढी उपमहानगरपलिका उपमेयर सुसिला  मिश्र  भट्ट,गौरी  गङ्गानरपालिका उपमेयर अन्चला चौधरी,घोडाघोडिनगरपालिका उपप्रमुख प्रेम कुमारी थापा, टिकापुर नगरपालिकाका उपप्रमुख केसरी बिस्ट  लगायत रहेका थिए ।

कार्यक्रमा सस्थाले गर्ने  कार्यहरुका बारे जानकारी दिदै  प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका सस्थापक  अध्यक्ष  एबम कार्यकारी निर्देसक चुप बहादुर थापाले  २०७० सालदेखी  १९ जिल्लामा कार्यरत रहेको र समाजमा दिगो सान्तीका लागि यो  सस्थाले विभिन्न अभियानहरु सन्चालन गर्दै आएको बताए । हाल सम्म ५ हजार स्थानिय बिबादहरु समाधानका लागि कार्य गरेको समेत जानकारी दिए ।  द्वन्द हुदा भित्री मन पनि  फाटेको हुन्छ ,यश द्वन्द  रुपान्तरण  प्रक्रियाले फाटेका मनहरु भित्र  देखि सिलाउने कार्य गरि समाजमा दिगो सान्तीका लागि बाताबरण तयार हुने बताए ।  आगामी दिनमा स्थानिय तहहरुले नै बजेट बिनियोजन गरि मेलमिलापका कार्यक्रमहरु सन्चालन गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ