काठमाडौं । १३औं महाधिवेशनको दौरानमा थियो नेपाली कांग्रेस । जिल्ला जिल्लामा अधिवेशन चल्दै थियो । संस्थापन वा देउवा पक्ष को कसले जित्यो । सोही विषयले चर्चा पाइरहेको थियो । कांग्रेस चुनावमय भएको थियो देश । त्यो चुनावी माहोल एका एक रोकियो । पार्टी सभापति तथा आगामी नेतृत्वको एक दावेदार सुशील कोइरालाको असामयिक निधन भयो ।
जसले सिंगो मूलकु स्तब्ध भएको छ । कांग्रेस र कांग्रेस सुभेच्छुकहरुलाई अकल्पिनीय क्षति पुगेको छ । कोइरालाको पार्थिव शरीर निवासबाट पार्टी केन्द्रीय कार्यालय पुग्यो । पार्टी केन्द्रीय कार्यालयमा सुभच्छुक तथा श्रद्धाञ्जली दिने भिभिन्न क्षेत्रका व्यक्तिहरुको भीड रहयो । कोइरालाको कार्यकक्ष बाहिर टाँसिएको बोर्डमा ‘श्री सुशील कोइराला सभापति बाहिर’ भन्ने नै राखिएको थियो । भयो पनि त्यस्तै कोइराला बाहिरको बाहिरै भए । उनको शव पार्टी कार्यालय बाहिरै थियो । अब, उनी भित्र हुने छ्रैनन् । अलविदा ।