arrow

कांग्रेस केन्द्रीय समिति आकष्मिक बैठक : शोक प्रस्ताव पारित, अन्त्येष्टी बुधबार

कांग्रेस महाधिवेशनका कार्यक्रम फागुन १ गतेपछी

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
baithak-congress.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक सकिएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको काठमाडौंमा उपलब्ध सदस्यहरुको बैठकले शोक प्रस्ताव पारित गरेको छ ।  बैठकले १३ दिन सम्म पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । ३ दिन सम्म पार्टी कार्यालय बन्द गर्ने र फागुन १ गतेपछी मात्र जारी महाधिवेशनको गतिविधी सुरु हुने बताइएको छ ।
 
बैठकको निर्णयबारे जानकारी दिँदै केन्द्रीय सदस्य गगन थापाले महाधिवेशन अपवाद भएकाले फागुन १ पछि मात्रै गतिविधी सुरु हुने बताए । कोइरालाको अन्त्येष्टी वुधबार हुने भएको छ । अपरान्ह पछि अन्ति श्रद्धान्जली र सरकारी सम्मानका लागि कोइरालाको पार्थिव शरीर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ