arrow

संघीय संसद्को संयुक्त बैठक बस्दै, सांसदहरु बेखबर

logo
प्रकाशित २०७५ असार ३ आइतबार
sanghiya-samsad.png

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक आइतबार अपरान्ह बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक संयुक्त कार्य सञ्चालन नियमावली पारित गर्न बोलाइएको हो ।

गत सोमबार संयुक्त बैठक बोलाइए पनि स्थगित भएको थियो । संयुक्त बैठक कसले आह्वान गर्ने भन्ने कानुनी प्रावधान नभएकाले राष्ट्रपतिमार्फत बैठक बोलाउन आग्रह गरिएको हो । 

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गरेकी हुन् ।

नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदा भने राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो । 

राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यलाई संयुक्त बैठकको जानकारी नै दिइएको छैन । दुवै सदन बिहान ११ बजे बस्दैछ । त्यही वेला संयुक्त बैठकको जानकारी दिइने संसद् सचिवालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ