arrow

कांग्रेस नेता नरहरी आचार्यलाई मष्तिष्कघात

२:३० बजे पत्रकार सम्मेलन

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
narahari-acharya.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्न पुगेका कांग्रेस नेता नरहरि आचार्य ब्रेन ह्यामरेज भएको बाँसबारीस्थित न्यूरो अस्पतालले जनाएको छ।
 
अचानक वेहोस भएपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ। कोइराला निवास महाराजगञ्जमा पूर्व प्रधानमन्त्री कोइरालाबारे टेलिभिजनमा प्रतिक्रिया दिन लागेका बेला उनी बेहोस भइ लडेका हुन्। उपचार गराइरहेका आचार्यको मष्तिष्कमा रगत जमेको जस कारण शरीरको दायाँ भाग नचलेको अस्पताल स्रोतले जानकारी दिएको छ। उच्च रक्तचापका कारण आचार्यलार्इ ब्रेन ह्यामरेज भएको जनाइएको छ।
 
बाँसबारीस्थित न्यूरो अस्पतालले २:३० बजे पत्रकार सम्मेलन गरी नेता आचार्यको स्वास्थ्यस्थित बारे जानकारी दिने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ