arrow

ओलीले चीनमा खोल्ने पोकोबारे संसदमा बोल्ने

logo
प्रकाशित २०७५ असार ४ सोमबार
oli5.JPG

काठमाडौं । आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुबै सदनलाई एकमुष्ठ जानकारी गराउने भएका छन् ।  

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे वक्तव्यका लागि समय मागेपछि सोमबारका लागि समय मिलाइएको हो । 

प्रधानमन्त्रीले दुबै सदनमा छुट्टा–छुट्टै जानकारी दिनुहुने संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा औपचारिक भ्रमण वा कार्यक्रममा जाँदा सदनलाई जानकारी दिने प्रचलन अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन । 

संसद् अधिवेशन चलिरहेको अवस्थामा सरकारको सदनप्रतिको जवाफदेहीताका लागि भ्रमणबारे प्रधानमन्त्री वा मन्त्रीले जानकारी दिने प्रचलन छ । संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रधानमन्त्रीले वक्तव्य दिने समय तय भएको जानकारी दिए । 

प्रधानमन्त्रीले राष्ट्रियसभा र  प्रतिनिधिसभाको संयुक्त बैठकलाई ४ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कार्यसूचीबारे औपचारिक रुपमा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन । प्रधानमन्त्रीले सदनबाटै औपचारिक रुपमा कार्यसूची सार्वजनिक गर्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ