arrow

नमूना अस्पतालमा उपचार गरे छुटै छुट् व्यबस्था

सनराईज बैकको स्वास्थय बिमा योजनाका विषयमा अन्तरक्रिया र्कायक्रम सम्पन्न

logo
प्रकाशित २०७५ असार ४ सोमबार
namuna.jpg

सुन्दरवजार ।  सनराईज बैकले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमका बिषयमा सुन्दरवजार शाखाले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । नेपालका जुन सुकै ग्रामिण भेगमा बसोबास गरे पनि सनराईज बैकमा खाता खोलेर बचत गर्दा उनिहरुलाई नेपालमा संचालित बैकले सम्झौता गरेका कुनै पनि अस्पतालमा उपचार गराउन पाउने कार्यक्रमका बिषयमा छलफल गरेका थिए । स्वास्थय बिमा कार्यक्रम अनुसार ग्राहक मानुभाबहरुले नमूना सामुदायिक अस्पतालमा उपचारमा छुट पाउने भएका हुन् ।

बैकले ल्याएको नयाँ स्वास्थ्य बिमा निति अन्तर्गत सुन्दरवजारमा पनि यो कार्यक्रम संचालनमा ल्याएको हो । बैकमा गएर खाता खोल्ने र बचत गर्ने मानिसहरुलाई पनि बैकको तर्फबाट सहयोग प्रदान गर्ने उदेश्य साथ यो सेवा प्रदान गर्न लागीएको वताईएको छ ।  बैकको योजना अनुसार सुदरवजार स्थित सनराईज बैकमा खाता खोलेर बचत गर्ने गरेमा  आफ्ना ग्राहक बिरामी हुदाँ उपचारमा लागेको रकममा  बैकले २५ प्रतिसत रकम या १ लाख जुन कम हुन आँउछ त्यही बेर्होने वताएको छ । ग्राहाकहरुको स्वास्थ्यलाई ध्यानमा राखि बैकले यो कार्यक्रम ल्याईएको वताईएको छ ।

आफ्ना ग्राँहकहरुलाई सेवा प्रदान गर्ने उदेश्यका साथ बैकले यस्तो योजना ल्याएको हो । सनराईज बैकमा खाता खोल्ने ग्राहक बिरामी भएमा छुट लिन यस जिल्लामा सुन्दरवजारमा रहेको नमूना सामुदायिक अस्पतालमा उपचार गराउनु पर्ने छ । बैकलले ल्याएको यस योजनामा सुबिधा प्राप्त गर्न बिरामी अस्पतालमा भर्ना भई एक रात बिताएको हुनु पर्दछ ।

 नमूना सामुदायिक अस्पताल अन्य अस्पतालको तुलनामा समूदायले संचालन गरेको , सस्तो, सुलभ र बिश्वसनिय सेवा प्रदान अस्पताल तथा बैकले दाँत, आखाँ जाँच, चश्मा शल्यक्रिया, बाझोपन,यौन रोग, वजन घटाउने,सौन्दर्य, एचआईभी, अपराधिक कृयाकलाप घटाई लागेको चोटको खर्च जस्ता थुप्रै शिर्सकहरुमा छुट नदिने वताएको छ ।

अन्तरकृया कार्यक्रममा बोल्दै सुन्दरवजार नगरापलिकाका उप प्रमुख ज्ञानु शाहले बैकले ल्याएको कार्यक्रम अत्यन्तै प्रभाबकारी भएको वताईन् । ग्राहाक बर्गलाई मध्यनजर राखि ल्याएको यो योजना प्रशंसनिय रहेको वताउदै यस्तो सेवा लिन सवैलाई आग्रह गरीन् । सुन्दरवजार नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रघु मिश्रले बैकले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम समय अनुसार अत्यत्तै सान्दर्भिक भएको वताए । नमूना सामुदायिक अस्पताल बिकास समितिका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ उद्योग वाणिज्य सघंका प्रथम उपाध्यक्ष राम बाबु श्रेष्ठ ,सुन्दरवजार खानेपानि तथा सरसफाई समितिका अध्यक्ष उत्तम गुरुङ बिद्याज्योती माध्यामिक बिद्यालयका प्रअ सुर्य वहादुर केसी, लगाएतले बैकले ग्राहक बर्गको स्वास्थ्यमा ध्यान दिई ल्याएको कार्यक्रमलाई प्रभाबकारी बनाउनु पर्ने वताएका थिए । बैकले ल्याएको योजना राम्रो भएकोले सबै ग्राहक बर्गमा सेवा लिन अनुरोध गरेका थिए ।

नमूना अस्पतालमा उपचार गरे छुटै छुट् व्यबस्था


सुन्दरवजार नगरपालिका भित्र रहेको नमूना सामुदायिक अस्पतालमा उपचार गरे छुटै छुट व्यबस्था रहेको  नमूना सामुदायिक अस्पतालले वताएका छन्  । अब नमूना सामुदायिक अस्पतालमा उपचारमा आउने बिरामी सबैले अस्पतालको नियम अनुसार औषधि बाहेक अन्य उपचारमा  कम्तिमा १० प्रतिसत  छुट पाउने व्यबस्था मिलाएईको अध्यक्ष अधिकारले वताए । अस्पताल आफ्नै भवनमा संचालनमा आए देखी अस्पतालका आजिबन सदस्यहरुलाई औषधि बाहेकमा १० प्रतिशत छुट दिदै आएको थियो । पछिल्लो समयमा नयाँ कार्य समिति आए पछि अन्यलाई पनि छुट दिने निर्णय गरेको छ ।  
नमूना सामुदायिक अस्पताल लमजुङ जिल्लामा रहेको अस्पतालहरु मध्य सस्तो अस्पताल रहेको वताईएको छ । सोहि दर रेटमा थप १० प्रतिशत छुट प्रदान गरीएको अस्पतालका डाक्टर दिपील अधिकारीले वताए । जेश्ठ नागरीकलाई १५ प्रतिशत, आजिबन सदस्य र अन्यलाई १० प्रतिशत र सनराईज बैकका ग्राहकलाई २५ प्रतिशत छुटको व्यबस्था रहेको डा अधिकारीले वताए । अरुलाई अस्पताल आफैले छुट प्रदान गरेको हो भने बैकले आफ्ना ग्राहकलाई २५ प्रतिशत दिएको वताए ।


अस्पतालमा जिल्लामा भएका सबै अस्पतालमा उपलब्ध सेवा प्रदान गरेको छ । सस्तो भन्दैमा उत्कृष्ट सेवा प्राप्त नहुने भन्ने होईन । डाक्टर अधिकारी भन्छन् अन्य अस्पतालमो उपचार सेबा भन्दा हाम्रो अस्पतालको उपचार र सेवा उत्कृष्ट भएको वताउदै सर्व सुलभ मुल्यको प्राबधान मिलाउनु अस्पताल बिकास समितिको गल्ती भएको बताए । महङगो भएको भए सेवा नै नभए पनि हाम्रो अस्पतालको सेवा उत्कृष्ट हुने वताउदै ब्यगं गरे । सामुदायिक अस्पताल भनेर अन्यको भन्दा कम दर रेटमा सेवा उपलब्ध गराउने भनिए पनि जनताले सस्तोको नाममा अस्पताल प्रति हेर्ने दृष्टिकोण नै फरक भएको वताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ