arrow

बजेट कार्यान्वयमा उद्योगी-व्यवसायीको जोड

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असार ४ सोमबार
budget-province-5.png

बुटवल । रूपन्देहीका उद्योगी- व्यवसायीहरुले प्रदेश सरकारद्धारा प्रस्तुत बजेट समग्रमा सबै क्षेत्रलाई समेट्न खोजेको भन्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले अब कुनै पनि बहानामा बजेट कार्यान्वयन हुन सकेन भन्ने छुट नभएको बताए । बुटवलमा भएको बजेटको समिक्षामा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टंक पोखरेलले प्रदेश सरकारले ल्याएको पहिलो पुर्ण बजेट समग्रमा राम्रो रहेको बताउदै कार्यान्वयनमा जोड दिनुपर्ने आवस्यकता औल्याए ।बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको भन्दै उनले बजेट कार्यान्वयनमा दिनुपर्नेमा जोड दिए । सत्तारुढ दललाई तिनै तहको निर्वाचनमा सुबिधाजनक महुमत प्राप्त भएकोले अब यो वा त्यो बहानामा बजेट कार्यान्वयन हुन सकेन भनेर उम्कने छुट सरकारलाई नभएको बिचार व्यक्त गरे ।

भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट ल्याएको भन्दै उनले सिद्धबाबाको बैकल्पीक मार्ग,पर्यटन क्षेत्रको बिकास,महानगर प्राधिकरण गठन लगायतका क्षेत्रमा बजेट आउनु सकारात्मक भएको बताउदै उनले लगाानि मैत्री वातावरण बनाउनुपर्ने आवस्यकता औल्याए ।

बजेट निर्माण पुर्व संघीय सरकारले व्यवसायीक संघ संस्थाहरुसँग छलफल गर्ने गरेको स्मरण गराउदै प्रदेश सरकारले यहाँका उद्योगि व्यवसायीहरुसँग छलफल नगरेको गुनासो गरे । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले बजेट समग्रमा सकारात्मक रहेपनि उत्पादनमुलक उद्योगलाई उपेक्षा गरिएको गुनासो गरे ।

उत्पादनमुलक उद्योगलाई प्राथमिकतामा राखेर नीति निर्माण नगरिए मुलुक समृद्ध हुन नसक्ने भन्दै उनले बजेट करमुखि भएको उल्लेख गरे । उनले पनि बजेट ल्याउनु अघि प्रदेश सरकारले यहाँका उद्योगि व्यवसायीहरुसँग छलफल नगरेको गुनासो गरे
साक्षात्कारमा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ५ महिला समिति अध्यक्ष शान्ता शर्माले राजनीतिक क्रान्ति सकिएर अब आर्थिक क्रान्तिको युग शुरु भएको नारा दिइए पनि आर्थिक क्रान्ति गर्ने खालको बजेट नआएको बताईन् ।

बजेट राम्रो आउने तर कार्यान्वयन नहुने बिगतको समस्याबाट मुक्त भए मात्र मुलुक समृद्ध बन्ने उनको भनाई थियो । त्यस्तैगरी नेपाल घरेलु उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कसौधनले आवस्यकताको राम्रोसँग अध्ययन नगरिकन बजेट ल्याए जस्तो देखिएको बताउदै उनले जलबिद्युत क्षेत्रको बिकासका लागि पर्याप्त बजेट नछुट्याएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ