arrow

गृहमन्त्री बादलको कार्यकाल ६ बर्ष, अरुको कति ?

logo
प्रकाशित २०७५ असार ४ सोमबार
rastriyashaba.JPG

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।  संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट गृहमन्त्री रामबहादुर थापा (बादल)को राष्ट्रियसभा सदस्यको कार्यकाल ६ हुने भएको छ ।


५९ जना सदस्य मध्ये राष्ट्रिय सभाका अध्यक्ष गेणश तिमल्सिनाको कार्यकाल ६ बर्ष र उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ४ बर्ष तय भएको छ । साथै अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल भने २ बर्षको मात्र हुने भएको छ

यसैगरी  गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि मिलेको छ ।

त्यस्तै, नैनकला ओझा, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ ।

यसैगरी सदस्यहरु सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ