- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले शोकमा डुवेका सामान्य कार्यकर्ता देखि पूर्व राष्ट्रपति आखाँमा टिलपिल आँशु पार्दै पार्टी केन्द्रिय कार्यालय सानेपा पुगे। श्रद्धान्जलीमा सहभागि काँग्रेस महामन्त्री कृष्ण सिटौला रोए। यस्तै अन्य कार्यकर्ता गह भरी आँशु पार्दै कोइरलालाई सम्झि रहे। लामबद्ध शुभेच्छुकहरु मौन थिए। सबैका अनुहार मलिन थिए। एउटा अभिभावक गुमाउदाको पीडा बेदना साटे।
संविधान सभाबाट जनंविधान निर्माण गर्ने वीपीको सपना पुरा गर्न सारा जीवन राजनीतिमा समर्पण गरेका कोइरालाले जनसंविधान निर्माण गरी राजनेताको छवि बनाए। कोइरालाले वीपीको संविधान निर्माणको सपना पुरा गर्न ६ दशक निकै संघर्ष गरे। कोइरालाको सोही उचाई र योगदान चिल्याउन संविधान निर्माणका सहयात्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतले एक भएर लाग्ने प्रण गरेका छन्। दाहालले त झन्, कोइरालाको योगदानविना संविधान जारी सम्भव नभएको बताएका छन्। सिंगो मूलुकले कोइरालाको समर्पणलाई सम्झिरहेको छ। मुलकु शोकमा छ।