arrow

कोइरालाको निधनबाट राष्ट्रपति दुःखी

उनले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा कोइरालाले जीवनपर्यन्त खेल्नुभएको भूमिका सदा स्मरणीय रहिरहने उल्लेख गरेकी छन् ।

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
vidya-bhandari-bidya.jpg.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनको समाचारले आफूलाई स्तब्ध र दुःखी तुल्याएको बताएकी छन् ।

कोइरालाको निधनमा दिएको शोक विज्ञप्तिमा उनले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा कोइरालाले जीवनपर्यन्त खेल्नुभएको भूमिका सदा स्मरणीय रहिरहने उल्लेख गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक समन्वय र सहकार्यमा जोड दिई संविधानसभाबाट संविधान जारी गर्न प्रधानमन्त्रीका हैसियतले कोइरालाले खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण समेत गरेकी छन् ।

मुलुकले कोइराला जस्ता राजनीतिज्ञलाई गुमाउनुपर्दा अपूरणीय क्षति पुग्न गएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उनले आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र संवद्र्धन कार्यमा समर्पित गर्नुभएको बताएकी छन्  । राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्दद्वारा मंगलबार जारी शोक विज्ञप्तिमा दिवङ्गत कोइरालाप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति समवेदना प्रकट गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ