arrow

प्रदेश सभाको बैठक खुलाउन कांग्रेस सहमत

logo
प्रकाशित २०७५ असार ५ मंगलबार

बुटवल । प्रदेश नं– ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली कांग्रेस  सहमत भएको छ ।

बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले कानून मन्त्रीले सम्बोधन गरेपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने जानकारी दिँदै पोके बजेटले बेथिति ल्याउछ भन्न खोजेका हौँ भने ।

सोमबार स्थगन भएको प्रदेशसभाको बैठक मंगलवार १ बजे बसेको छ । बजेटमा असहमति जनाउँदै विपक्षी कांग्रेसले बैठक सञ्चालनमा अबरोध पर्‍याएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ