arrow

कोइरालालाई श्रद्धान्जली दिन समूहमै आउँदै भारतीय विदेशमन्त्री स्वराज

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
susma-sworaj-new.jpg.jpeg
काठमाडौं । मंगलबार बिहान निधन भएका कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायत भारतीय नेताहरु काठमाडौं आउँदै छन् । साढे ४ बजे काठमाडौं आइपुग्ने उनीहरु राति ८ बजे नै फर्किने कार्यक्रम रहेको बताइएको छ । स्वराजले दिल्ली विमानस्थल पुग्नु अघि ट्वीट गर्दै आफु अन्य तीन जना नेताको साथमा आउन लागेको जानकारी दिएकी थिइन् । 
 
स्वराजसहति उद्योग तथा वाणिज्यमन्त्री आनन्द शर्मा, जनता दल संयुक्तका नेता शरद यादव, भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका महासचिव सिताराम यचुरी र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल काेइरालालाई श्रद्धान्जली दिन आउन लागेका हुन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ