arrow

शोकमग्न बाँके काँग्रेस

कोइरालाको दुःखद निधनपछि उनको नेपालगन्जस्थित भाइको घर र पार्टी कार्यालयमा शोक व्यक्त गर्न कार्यकर्ताको घुइँचो लागेको छ ।

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Banke-hamrakura.jpg.jpeg
नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँंग्रेसका सभापति सुशील कोइरालाको असमायिक निधनपछि बाँके काँग्रेस अहिले शोकमा डुबेको छ ।  कोइरालाको दुःखद निधनपछि उनको नेपालगन्जस्थित भाइको घर र पार्टी कार्यालयमा शोक व्यक्त गर्न कार्यकर्ताको घुइँचो लागेको छ । स्व कोइरालाका भाइ विजय, भाइबुहारी किरण र भतिजा सुधांशु मंगलबार बिहानको जहाजबाट काठमाडौं गएका छन् ।

अन्त्येष्टिमा सहभागी हुन यहाँबाट मंगलबार साँझ दुई बसमा कार्यकर्ता काठमाडौँ जाने पार्टी जिल्ला सचिव विजय यादवले जानकारी गराए । 

बाँके कांँग्रेसले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । “दोस्रो संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट विजयी सभापति कोइरालाको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ”—राजनीतिक विश्लेषक डा जनार्दन आचार्यको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ