एसईई परीक्षाको नतिजा मंगलबारै आउने हल्ला चलाइयो, खास कुरो यस्तो
प्रकाशित २०७५ असार ६ बुधबार
504
Shares
काठमाडौं । २०७४ सालको एसईई परीक्षाको नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक हुने हल्ला चलाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको ठेगाना र नक्कली स्टयाम्प राखेर साँझ ५ बजे नतिजा सार्वजनिक हुने हल्ला चलाइएको हो ।
यो वर्षदेखि पाँच वटा विषयलाई अनिवार्य बनाइएको पनि राष्ट्रिय परीक्षा बोर्डको नक्कली स्ट्याम्प राखेर हल्ला चलाइएको छ ।
के हो यथार्थ ?
आउन ५–७ दिन लाग्ने –परीक्षा नियन्त्रक
परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले हाम्राकुरासंग भने, ‘यस्तो हल्ला जसले चलायो त्यसलाई खोज्नुपर्यो यस्तालाई कार्वाही गर्नुपरो ।’
उनले अगाडि भने, ‘हामीले यस्तो सूचना निकालेर कहिल्यै परीक्षाको नतिजा सार्वजनिक गर्दैनौं, हामीले त तपाईहरुलाई बोलाएर लौ आउनुस् सार्वजनिक गर्दैछौं भन्छौं ।’
उनले भने, ‘कुनै भ्रमको पछि नलागौं ।’
कहिले निस्कन्छ त नतिजा ?
रेग्मीले भने, ‘हामी लगातार लागिरहेका छौं, यही गतिले जाने हो भने अझै ५–७ दिन लाग्छ होला । छिटो हुन पनि सक्छ । तर ५ दिन त लाग्छ नै ।’