arrow

स्वराजले राष्ट्रपति र प्रधानमन्त्री भेट्दै

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं कमल थापासँग पनि साँझैमा भेट्ने कार्यक्रम

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Caw3TVpUYAAlXwT.jpg.jpeg
काठमाडौं । नेपाली कांँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक प्रकट गर्न मंगलबार नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएकी छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार विदेशमन्त्री स्वराजले नेता कोइरालाको पार्थिव शरीर राखिएको स्थल दशरथ रङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । उनले मंगलबार साँझै राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने  प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं कमल थापासँग पनि साँझैमा भेट्ने कार्यक्रम छ ।

नेपाली काँग्रेसका शीर्ष नेतृत्वसँग छलफल गरेर मंगलबार साँझ भारतीय विदेशमन्त्री नयाँदिल्ली फर्कने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ