arrow

शोक प्रस्ताव पारित गर्दै जिल्ला अधिवेशन स्थगित

logo
प्रेम रौले ।
प्रकाशित २०७२ माघ २६ मंगलबार
sushil-da.jpg.jpeg
बाजुरा । नेपाली काँग्रेसको आसन्न जिल्ला अधिबेशनको सन्ध्यामा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असमसामयिक निधन भएको खवरले जिल्ला अधिबेशन दुइ दिनका लागि स्थगित भएको बाजुरा निर्वाचन अधिकृत प्रतापसिंह ठकुराठीले बताएका छन् । उनका अनुसार बाजुराको छैटौं जिल्ला अधिवेशन माघ २५ सुरु भइ उद्घाटन सत्र २६ सञ्चालन हुने कार्यक्रम अनुसार अकस्मात कोइरालाको निधन भएको खवरले स्तव्ध बनाएकाले केन्द्रीय निर्वाचनको निर्देशन अनुसार माघ २६ र २७ गते हुने सबै कार्यहरु स्थगित गरिएको बताए ।
 
ठकुराठीले भने देशको इमान्दार देशप्रेमी कुशल नेतृत्व तथा काँग्रेसका अभिभावक गुमाएको भन्दै जिल्ला निर्वाचन कार्यालय बाजुराले शोक विज्ञप्ति निकाल्दै दुइ दिनका लागि स्थगित गरिएको बताएका छन् । उनले विज्ञप्तिमा लोकतान्त्रिक आन्दोलनका सक्रिय योध्दा, राजनीतिक अभियानका मार्गदर्शक तथा असल अभिभावक गुमाएका छौ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्री सुशील कोइराला ज्यूको निधन प्रति गहीरो शोक व्यक्त गरोकाया छन् ।
 
यस्तै नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले कोइरालाको निधन भएको खवरले मर्माहित बनाएको भन्दै आकस्मिक बैठक बसी जिल्ला अधिवेशन माघ २६ र २७ गतेका लागि अन्तिम दाहासंकार नहुदा सम्म अधिबेशन सुरु नहुने नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति मन बहादुर रावलले बताएका छन् । उनले यस दुःखद घडीमा नेपाली काँग्रेसका सम्पुर्ण कार्य निर्वाचन समितिको सल्लाह अनुसार अधिवेशनको बन्द सत्र स्थगित गरिएको बताए ।
 
उनले भने दुर्गम तथा हिमाली जिल्लाका प्रतिनिधीहरुलाइ आवतजावत गर्नका लागि समस्या हुने माघ २८ गते बिहान ८ः००बजेबाट अधिबेशन सुरु गरिने बताए । कोइरालाको निधन भएको खवरपछि शोक विज्ञप्ति निकालेर स्थगित गरिएको उनले भने । यस्तै नेपाली काँग्रेसका नेता तथा पुर्व भुमि सुधार सहायक राज्य मन्त्री जनकराज गिरीले कोइरालाको निधनप्रति शोक व्यक्त गरोकाया छन् । उनले भने देशको महत्वपूर्ण समयमा इमान्दारिता र आफ्नो स्वार्थ भन्दा देशको विकासकामा चिन्ता गर्न एक कुशल व्यक्तिलाइ गुमाउनु नै देशलाइ क्षती भएको भन्दै मृत आत्माको चिर शान्तिको कामना गरोका छन् ।
 
यस्तै नेपाली काँग्रेसका नेता तथा पुर्व सभासद देवराज जोशीले काँग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री सुशिल कोइरालाको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन । उनले भने काँग्रेसका अभिभावक तथा देशको विभिन्न आन्दोलनका सक्रिय योध्दा, राजनीतिक अभियानका मार्गदर्शकको निधनले आफु मर्माहित भएको बताएका छन् । यस्तै नेपाली काँग्रेसका नेता तथा पुर्व सभासद महा नेपालीले देश  र जनताका लागि सदैब आफ्नो ज्यान आभुति दिन अग्रसर हुने एक सन्त नेता भएकाले उहाको निधन भएको खवरले मर्माहित भएको बताएका छन् ।
 
नेपाली काँग्रेसका भातृ संघ नेपाल महिला संघ,तरुण दल, दलित संघ नेपाल विद्यार्थी संघ नेपाल शिक्षक संघ,कर्मचारी युनियन र नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका संघ संगठनहरुले कोइरालाको निधन भएको प्रति शोक विज्ञप्ति निकल्दै मृत आत्मा चिर शान्तिको व्यक्त गरोकाया छन् । विज्ञप्तिमा देशप्रमी नेता गुमाउनु नेपाली काँग्रेसलाइ मात्र नभइ देशले ठुलो क्षति व्यहोर्नु परेको उल्लेख गरोका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ