arrow

माथागढी गापाको शैक्षिक गुणस्तर ६० प्रतिशत पुर्‍याउने लक्ष्य

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार ६ बुधबार
Gost.jpg

पाल्पा । माथागढी गाउँपालिकाले आगामी शैक्षिकसत्र सम्मा शैक्षिक गुणस्तरको औसत उपलब्धि ६० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । गाउँपालिकाले  व्यवसायिक  शिक्षामा जोड दिर्दै  आगामी शैक्षिकसत्र सम्म शिक्षाको गुणस्तरमा ६० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको हो ।

गाउँपालिकाले नतिजा विश्लेषण तथा शैक्षिक गुणस्तर सुधार कार्ययोजना गोष्ठीको आयोजना गरी तीन बर्षे सिकाई उपलब्धिको प्रक्षेपण गरेको छ । शैक्षिक सत्र २०७४ को कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको औसत उपलब्धि तथा उत्र्तिण प्रतिशत गत वर्षको भन्दा ४.८४ प्रतिशतले वृद्धि भएको थियो । जसमा  शैक्षिक सत्र २०७३ मा ५२.७ प्रतिशत र २०७४ मा ५७.५४ प्रतिशतले नतिजा रहेको गाउँपालिकाले जनाएको छ ।

गोष्ठीका प्रमूख अतिथि तथा गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले आगामी दिनहरुमा शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा कक्षा छाड्ने विद्यार्थीहरुको दरलाई घटाई  शिक्षक र विद्यार्थीहरुको कक्षा उपस्थितीमा वृद्धि गर्ने लक्ष्य रहेको बताए । गोष्ठीमा गाउँपालिका भित्रका ४५ विद्यालयका प्र.अ. तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा सहभागिहरुले विद्यालय शिक्षा सुधारमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेकाले शिक्षा सुधारमा स्थानीय तह सँग समन्वय गरेर जाने बताए । गोष्ठी किसान माविका प्रअ तुला बहादुर सारुको अध्यक्षता, कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमूख कासिराम बस्याले गरेका थिए ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ