arrow

प्रेम तामाङको सशक्त प्रर्दशनबीच पराजित भयो नेपाल

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Nepal-u-19-cricket.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसंग पराजित भएको छ । नेपालका लागि प्रेम तामाङले उत्कृष्ठ प्रदर्शन गरेपनि हार टरेन । तामाङले १ छक्का ११ चौकाको मद्दतले अविजित ६५ रन बनाए । फतुल्ताह स्थित खान शाहेब ओस्मान अलि स्टेडियममा भएको प्ले अफ सेमिफाइनलमा  नेपाल पाकिस्तानसंग १ सय २२  रनले पराजित भयो । टस जितेर नेपालले फिल्डिङ रोजेपछी पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ५८ रनको विशाल योगफल बनायो । 
 
पाकिस्तानका लागि हसन मोसिनले १ सय १७ रनको शतकिय पारी खेले । पाकिस्तानले ३० रन बनाउदा ३ विकेट गुमाइसकेको थियो । चौथो विकटकको लागि शेफ बदर र  हसन मोसिनले १ सय ८९ रनको साझेदारी गरे पछी पाकिस्तान ५० ओभरमा २ सय ५८ रनको बलियो स्थितीमा पुग्यो । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए । आरिफ शेख र दिपेन्द्र ऐरीले समान २–२ विकेट झारे । 
 
२ सय ५९ रनको चुनौती पछ्याएको नेपाल ४३ ओभर ५ बलमा अलआउट हुँदै मात्र १ सय ३६ रनमा समेटियो । नेपाली टोलीको सुरुवात राम्रो हुन सकेन । नेपालले सुरुवाती १० ओभरमा ३० रन बनाउदा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । नेपालकालागि प्रेम तामाङले उत्कृष्ट व्याटिङ् गरे अर्धशतकिय पारी खेलेका उनले ९१ बलको सामना गर्दै  अविजित ६५ रन बनाए । कप्तान राजु रिजालले १५, सुशील कंडेलले १०, सुनील धमलाले ७,  सन्दिप सुनार, योगेन्द्र सिंह कार्की, दिपेन्द्र ऐरी, आरिफ शेखले क्रमश ४, ५, ८, १ रन बनाए । पाकिस्तानका हसन मोहसिनले ४ विकेट चट्काएपछि नेपाली टोली दबाबमा रहयो । इरफ्रान लियाकत तथा शेफ अलीले समान २–२ विकेट झारे । खेलको म्यान अफ द म्याच पाकिस्तानका हसन मोसिन घोषित भए । अब नेपाल सातौं स्थानको लागि खेल्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ