- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली राजनीतिक इतिहास र नेपाली कांग्रेसको नेतृत्व इतिहासमा कुशल तथा सफल नेताको छवि बनाएका सादग नेता सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिनभर त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा राखियो। विगत झैं पूर्व प्रधानमन्त्रीको सम्मान कोइरालाले पाएका छन्। सधैं खेलकुद हेर्न रंगशाला भरिने गरेकामा मंगलबार फेरि एक पटक एक राजनेताप्रति शोक मनाउनेहरुले भरियो विगत झैं।
विगतमा कांग्रेसकै सन्त नेता कृष्णप्रसाद भट्टराई हुन् वा शिखर पुरुष गिरिजाप्रसाद कोइराला। यस्तै, पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापालगायतलाई राजकिय सम्मान अघि यसरी नै रंगशालामा राखियो। कांग्रेस सभापति सुशील कोइरालालाई पनि सम्झनेको कमि रहेन। छिमेकी राष्ट्रका विदेशमन्त्रीसहित विभिन्न दलका नेताहरु श्रद्धान्जली दिन दशरथ रंगशाला पुगे । उपत्यकाका कुनै टोलबासी छुटेनन्।
सबैले संविधान निर्माण श्रेय कोइरालालाई दिएका छन्। यस्तै, गणतन्त्र नेपालका अन्य प्रधानमन्त्रीको तुलनामा निकै सफल, शील, शालीन र सामान्य जीवन व्यक्तित्वको रुपमा कोइरालालाई सम्झिएका छन्। कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरु कोइरालाको निधनले मलिन भएका छन्। कोइराला सहयात्रीहरुले सिंगो मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन्।