arrow

मुलुक १५ वर्षमा समृद्ध बन्न सक्छ : मुख्यमन्त्री शेरधन राई

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
arjungdhara-nagarsaba.jpg

अर्जुनधारा। मुख्यमन्त्री शेरधन राईले विकासको कार्यमा ढिला गरिनु नहुने बताएका छन्। विहीबार अर्जुनधारा नगरपालिकाको दोस्रो नगर सभाको शुभारम्भको अवसरमा सम्बोधन गर्दै अब विकासका हरेक कार्यमा हामीहरुले सुस्ता अपनाइयौं भने संघीयता स्थायीत्व हुन नसक्ने बताए।

नेपालको समृद्धि २५ वर्षसम्ममा पूर्ण हुने भनिएतापनि मुख्यमन्त्री राईले विकासका आधारमा विश्वासनीयता कायम राख्दै अगाडि बढ्ने हो भने नेपाल १५ वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने बताए। राष्ट्र, राष्ट्रियता र समृद्ध राष्ट्र हाम्रै पालामा गर्नुपर्ने बताउँदै कुनै पनि काम परिणामुखि र दीर्घकालिन हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री राईले मुलुकले तीनै तहबाट कार्यान्वयन गर्ने पाटो निर्माण भइसकेको हुँदा हरेक कार्यक्रम दीर्घकालिन भए त्यसले विकासमा टेवा पुग्ने बताउँदै आफ्नो ठाउँ र आफ्नो नगरलाई समृद्ध नगर बनाउन बाहिरका मानिसबाट नभई आफ्नो ठाउँ वा नगरवासीहरु लाग्नु पर्नेमा जोड दिए ।

जनप्रतिनिधिहरुले प्रशस्त अधिकार पाएको हुँदा त्यसलाई सही सदुपयोग गरेर अगाडि बढे जनताले दुःख नपाउने बताउँदै प्रदेशबाट समृद्ध नगर बनाउनका लागि सहयोग गर्ने जोड दिए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद बृख प्रधान, जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेल लगायत नगरपालिकाका निर्वा्चित पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री राईले प्राथमिक स्वास्थ्य केन्द्र २४ सैं घण्टा सेवा सुचारु हुने समेत उद्घाटन गरेका थिए । उनले २५ सैय्याको अस्पतालको लागि प्रदेशलाई प्रपोजल पेश गर्न अनुरोध गरेका थिए ।

स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतको अगुवाईमा नगर प्रमुख हरिकुमार रानाको उपस्थितिमा अस्पतालको समस्या र पुर्याउँदै आएको सेवा बारे मुख्यमन्त्री राईलाई दर्शाएका थिए ।

यसरी नै सोही दिन मुख्यमन्त्री शनिश्चरे बहुमुखी क्याम्पसको समेत निरीक्षण भ्रमण भरेका थिए । भ्रमणका क्रममा क्याम्पस प्रमुख मोहन ओलीले क्याम्पसको समस्या र शैक्षिक प्रतिष्ठान निर्माण गर्ने विषयमा आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा मुख्यमन्त्री राईले क्याम्पसको प्रशस्त जग्गा भएतापनि क्याम्पस निर्माण कार्य अधुरै भएको देखिएको हुँदा क्याम्पसलाई आवश्यक प्रपोजल तयार पारी नगरमार्फत प्रदेशमा आए सहयोग गर्ने वचन दिएका थिए ।

क्याम्पसमा भएको अन्तरक्रियामा अध्यक्ष सरोज ओली, उपाध्यक्ष हेमराज खरेलले समेत सहयोग गर्न र शैक्षिक प्रतिष्ठान निर्माण गर्न नगरसँगै प्रदेशको ध्यान केन्द्रीत होस् भनी सुझाएका थिए ।

अन्तरक्रियामा नगर प्रमुख हरिकुमार राना, प्रदेश सांसद बृख प्रधान, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, नेकपा नगर अध्यक्ष प्रेमसागर सापकोटा, महिला नेतृ कुसुम राई लगायतको उपस्थिति थियो ।

सोही दिन मुख्यमन्त्री राईले पूर्व पशुपतिनाथ अर्जुनधारा जलेश्वर धामको समेत दर्शन गरेका थिए । दर्शनका क्रममा राईले धामका उपाध्यक्ष भिमचन्द्र भट्टराईसँग यसका ऐतिहासिक महत्वका विषयमा जानकारी लिएका थिए ।

दर्शनपछि धाम समितिले दोसल्ला ओढाई मुख्यमन्त्री राईलाई सम्मान समेत गरेका थिए। सम्मानसँगै धामको स्तरोन्नतिका लागि धामका उपाध्यक्ष अम्बिका खतिवडाले आग्रह गरेको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ